इलाममा ‘राष्ट्रिय जनगणना २०७८’का लागि घर र घर परिवार सूचिकरणको काम भदौ ३० देखि गरिदै


सेवारो खबर  334 पटक हेरिएको

इलाम :  ‘राष्ट्रिय जनगणना २०७८’ लागि इलाममा घर र घर परिवार सूचिकरण भदौ ३० गते बुधबारदेखि गरिने भएको छ । असोज १८ सम्म सूचिकरणको काम हुने जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए ।

घर तथा घर परिवार सूचिकरणको कामलाई जनगणनाको पहिलो चरणको रुपमा लिइन्छ । दोस्रो चरणमा मूख्य गणना गर्ने गरिन्छ जसलाई जनगणनाको रुपमा लिइन्छ । यस पटकको जनगणना आगामी कातिक २५ देखि मंसिर ९ सम्म हुनेछ ।

भोली भदौ ३० गतेदेखि सुपरिवेक्षकले घर र घर परिवार सूचिकरण गर्नेछन् । सुपरिवेक्षकले फाराममा भएका २५ प्रश्नको प्रत्येक घर धुरीका घर परिवारबाट उत्तर संकलन गर्नेछ । यसले जनगणनामा खटिने गणकको विश्वसनीयता मापन गर्न सहयोग मिल्ने जिल्ला जनगणना अधिकारी कार्कीले जानकारी गराए ।

सुपरिवेक्षकले वडा स्तरमा भरिने सामुदायिक प्रश्नवालीको पनि उत्तर संकलन गर्नेछन् ।

जिल्लामा चार सय तालिम प्राप्त सुपरिवेक्षकले काम गर्नेछन् । उनिहरुले जिल्लाको तीस सय ९७ गणना क्षेत्रमा काम गर्ने बताइएको छ।

एक गणना क्षेत्र बराबर एक सय ६० देखि एक सय ९० घर परिवारको सीमा  नक्साङ्कन गरी सूचिकरणको अन्तिम तयारी गरि सकिएको गणना कार्यालयले जनाएकाे छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार