इलामः कोभिड–१९ कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर इलाम अस्पतालमा बाल मैत्री आइसोलेसनको स्थापना गरिएको छ ।
अस्पताल, इलाम नगरपालिका र मानव अधिकार मञ्चको सहकार्यमा स्थापना गरिएको आइसोलेसन बुधबार एक कार्यक्रम गर्दै अस्पताललाई हस्तारण गरिएको छ ।
चार बेडको आइसोलेसनमा ८० हजार पाँच सय बराबरको आवश्यक सामग्री मानव अधिकार मञ्चले सहयोग गरेको छ ।
मञ्चको बाल हेल्प लाइन १०९८(दशनौआठ) को कोभिड समयमा विपद सहयोग परियोजना अन्तर्गत सामग्री दिएको कार्यक्रम संयोजक भक्तबहादुर थामीले जानकारी गराए ।
कोभिड पोजेटिभ बालबालिकाको उपचार सेवालाई बालमैत्री बनाउँन आइसोलेसन स्थापना गरिएको मानव अधिकार मञ्चले जनाएको छ ।