नेकपा एकिकृत समाजवादी जिल्ला कमिटी इलाम गठन, पालिका इन्चार्ज पनि तोकियो


सेवारो खबर  403 पटक हेरिएको

इलाम: नेकपा एकिकृत समाजवादी जिल्ला कमिटी इलाम गठन भएको छ । बुधबार सूर्योदय नगरपालिका भएको भेलाले भक्त केसीको अध्यक्षतामा जिल्ला कमिटी गठन भएको हो ।

दुई सय ५१ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा चित्रकला बराइली, सचिवमा हरिवाला राई र सहसचिवमा सोम शर्मालाई चयन गरेको छ।

बुधबारै बसेको जिल्ला कमिटिको भेलाले पालिका इन्चार्ज समेत तोकेको छ । पार्टीको इलाम नगरपालिका इन्चार्जमा टेकबहादुर कटुवाल जिम्मेवारी दिएको छ ।

सूर्योदय नगरपालिकामा तारा नेपाल, माई नगरपालिकामा अनिल तामाङ र देउमाई नगरपालिकामा हरिवाला राईलाई जिम्मेवारी दिइएको पार्टीले जनाएको छ ।

माईजोगमाई गाउँपालिकामा जीतबहादुर निरौला, चुलाचुलीमा मुना शर्मा,  माङ्सेबुङमा हर्क सावा, फाकफोकथुम गाउँपालिकामा सोम शर्मा, सन्दकपुरमा हरि लुङ्गेली र रोङ गाउँपालिकामा वृहस्पती खतिवडालाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

युवाको इन्चार्जमा महेश तिवारी, विद्यार्थी इन्चार्ज मान बहादुर गुरुङ, किसानमा पुर्ण ढुङ्गाना, बुद्धिजिवि पुष्प ढुङ्गाना र महिला विभाग इन्चार्जमा सावित्रा गड्तौला छनौट भएका छन् ।

पाटीलाई चलायमान बनाउँदै महिनाभित्र जिल्लाको ८१ वडामा वडा कमिटी गठन गर्ने गरिने जनाएकाे छ । जनसंगठनहरुको भेला चाडै बोलाएर संगठनका गतिविधिहरुलाई कमिटिगत रुपमा अघि बढाउँने भेलाले निर्णय गरेको छ ।

अध्यक्ष भक्त केसीको अध्यक्षतामा भएको कार्यक्रम नेकपा एकिकृत समाजवादी प्रदेश कमिटी सदस्य एवम प्रदेश सांसद खिनु लङ्वा लिम्बुको प्रमुख आतिथ्यता रहेको थियो ।

भेलामा जिल्लाका विभिन्न स्थानबाट जिल्ला कमिटी एवम जनवर्गिय संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार