‘बालबालिकाको स्वाथ्यको सवालमा सरोकारवाला संवेदनशिल हुँनुपर्छ’


सरिता राई  302 पटक हेरिएको

इलामः बालबालिकाको सवालमा सरोकारवाला संवेदनशिल हुँनुपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । इलाम अस्पतालमा, अस्पताल, इलाम नगरपालिका र मानव अधिकार मञ्च नेपालले स्थापना गरेको बाल आइसोलेसन हस्तान्तरण कार्यक्रमका बक्ताले बालबालिकाको सवालमा सरोकारवाला गम्भीर हुँनु पर्नेमा जोड दिए ।

जोखिममा परेका बालबालिकाको उपचार सेवालाई सहज र पहुँच योग्य बनाउँनु पर्ने जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले बताए । उनले बालबालिकाको संरक्षण विकास र सहभागीतासँगै स्वथ्योपचार सेवालाई समेत बालमैत्री बनाउँन सकेमात्र जन स्वाथ्यलाई मजबुत बनाउँन सकिने बताए ।

समिति प्रमुख बरालले भने ‘बालबालिकाको सवालमा सबै सरोकारवालाले ध्यान दिनु पर्छ । आजका बालबालिका स्वाथ्य भए मात्र भविष्यमा दिगो विकासलाई प्रभावकारी बनाउँन सकिन्छ ।’

स्वाथ्य उपचारसँगै बालबालिकाको पौष्टिक आहारलाई प्रथमिकतामा राखेर काम गर्नुपर्ने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । प्रमुख बस्नेतले अस्पतालमा समस्या परी आउँने आईसोलेसनका बिरामीलाई नियमित पौष्टिक आहार सहितको खानापनीको उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै समस्या पर्न नदिन सबै नागरिकसँग आग्रह गरे ।

बयास्क नागरिकमा बाल संवेदनशिलता हुनुपर्ने प्रमुख जिल्ला अधिकारी ध्रुबहादुर खड्काले बताए । उनले बालबालिका मात्र होइन सम्पूर्ण नागरिकको सुरक्षमा औपचारिक रूपमा सुझबुझ हुनुर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी खड्काले भने–‘सरक्षित हुँन सोचमा परिवर्तन हुन आवश्यक छ । सरक्षाको विषयमा सरोकारवाला सबै संवेदनशिल हुनपर्छ ।’

बालमैत्री उपचार सेवाले मानसिक रूपमा पनि सबल बनाउँने इलाम अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रभू शाहले बताए । उनले बालबालिकाको स्वाथ्योपचारमा अविभावक आफै पनि सचेत हुँनुपर्नेमा जोड दिए ।

बयास्क जस्तै बालबालिकाको जीवन सुरक्षाको विषयमा सबै सरोकारवाला एकजुट हुँनपर्ने मानव अधिकार मञ्च नेपाल इलामका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले बताए । उनले भविष्यका सम्पत्ति भनिएपनि उनिहरूको सवालमा प्रभावकारी काम हुँन नसकेको भनाई राखे ।
स्वाथ्यको क्षेत्रमा बालबालिकाको विषयलाई पनि समेट्न सके समानुपातिक विकासमा सहजता हुने पत्रकार महासंघ इलामका अध्यक्ष विप्लभ भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार