इलाम: आउँदो असोज ४ गतेदेखि इलाम नगरपालिकाका नीजि विद्यालय खुल्ने भएका छन् । काेभिड-१९ कोरोना भाइरसको महामारीले वन्द विद्यालय भौतिक रुपमा सञ्चालनमा आउने प्याब्सन इलामको दोस्रो अधिवेशनको अवसरमा बताइएको हो ।
नीजि तथा आवाशिय विद्यालयहरुको संगठन प्याब्सन इलामको दोस्रो अधिवेशनको कार्यक्रममा प्याव्सनका जिल्ला अध्यक्ष विकास कर्मचार्यले आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न तयार रहेको जनाए ।
‘यो विषम परिष्थितीमा पनि अधिकांश विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्,’ उनले भने, ‘अव नगरपालिकाले पनि विद्यालय खुलाउने निर्णय गरेकाले पठनपाठन सुरु हुन्छ ।’
इलाम नगरपालिकाका प्रमुख महेश वस्नेतले कोभिड १९ ले विद्यार्थीहको भविष्य अन्यौल बनाएको बताउदै यसबट उत्पन्न हुने खराव परिणामवाट जोगिन सजग हुनु पर्ने धारणा राखे ।
प्रमुख बस्नेतले इलामलाई शैक्षिक हवको रुपमा विकास गर्न पहल गरिरहेको धारणा राखे ।
कार्यक्रमका अध्यक्ष तथा विद्यालय सञ्चालक कुशवहादुर थेबे सवै नीजि विद्यालयहरुको संकट समान रहेको बताउदै अबका दिनमा कसरी टिक्ने भन्ने चुनौती थपिएको बताए ।
प्याव्सन नगर समितिका सिनेट श्रेष्ठले विद्यालयमा गरिएको लगानी जोखिममा रहेकाले अव के गर्ने भन्ने चिन्ता थपिएको बताउँदै विद्यार्थीलाई अनलाइन माध्यमवाट पठनपाठन गर्न सम्भव नभएकोले विद्यालय र अभिभावकबीच सौहार्दपूर्ण वातवरण बनाएर स्वास्थ्य सावधानिलाई प्राथमिकता दिदै जिम्मेवार ढंगले विद्यालय सञ्चालन गर्नु पर्नेमा जोड दिए ।
अधिवेशनले कुशवहादुर थेवेलाई पुनः अध्यक्षमा चयन गरेको छ । समितिको सचिव सिनेट श्रेष्ठ, कोषाध्यक्ष भुपाल थापा, सदस्यमा सुनिता कर्माचार्य, रोशन श्रेष्ठ, राजनमाईकल गुरुङ र राजेन्द्र पौडेल सर्वसम्मत भएका छन् ।