इलामः माईजोगमाई गाउँपालिका वडा नम्बर १ प्रेमेजुङमा श्री शिवमाई माध्यमिक विद्यालयकाे बारेमा फेसबुकमा प्रचार गरेको भन्दै विद्यालय व्यवस्थापन सिमितिले सञ्चरकर्मि बिनु खड्काका विरुद्ध न्यायिक समितिमा उजुरी परेको छ ।
सञ्चाकर्मी खड्काले विद्यालयको भौतिक संरचना अस्तब्यस्त भएको, सफा नगरेको कक्षा कोठामा डेक्सबेन्च भत्किएका जस्ता लथालिङ्ग स्थितीको तस्बीर फेसबुकमा सार्बजनिक गरेको थिए ।
भौतिक सामग्रीको कुनै संरक्षण नभएको भन्दै नेतृत्वले सचेत भएर संरक्षण गर्नुपर्ने माग गर्दै खड्काले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए ।
कोरोना भाइरस महामारीले विद्यालय परिसर सफा गर्न नगरिएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शालिकराम पौडेल स्वीकार गरे ।
अध्यक्ष पौडेलले विद्यालयले गरेका राम्रा कामको प्रचार नगरेर नराम्रो मात्र सामाजिक सञ्जालमा सम्प्रेषण गरेकाले यो कार्य उचित नभएको भन्दै छलफलका लागि न्यायिक समितिमा उजुरी दर्ता गराएको बताए ।
सञ्चारकर्मी खड्का इलाम खबर डटकमका सह–सम्पादक,रेडियो बुद्धवाणी एफएमका सम्वाददाता र सगरमाथा टेलिभिजनका इलाम सम्वाददाता पनि हुन् ।