नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी नगर पार्टी कार्यालय फिक्कलमा स्थापना


सेवारो खबर  233 पटक हेरिएको

इलाम: नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी सूर्योदय नगर पार्टी कार्यालय फिक्कलमा स्थापना भएको छ । पार्टीका केन्द्रीय नेता तथा बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले शनिबार कार्यालय उद्घाटन गरेका हुँन ।

उद्घाटन समारोहमा गठबन्धनका अन्य दलसहितको सहभागितामा असोज ५ देखि ६ भित्रमा सरकार विस्तार हुने संसदीय दलका नेता राजेन्द्र पाण्डेले बताए ।

‘नेता पाण्डेले प्रदेश नम्बर १ र बागमती प्रदेश सरकारको नेतृत्व  आफ्नो पार्टी गर्ने बताउँदै उनले भने, ‘सम्भवतः आउँदो २२ गते प्रदेश १ को सरकार ढल्छ, २४ गतेदेखि अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार पनि रहँदैन ।’

सांसदीय दलका नेता पाण्डेले  हामी कम्युनिस्ट पार्टीको रक्षाका लागि हामी लडेका हौं । भन्दै उनले भने- यो पार्टी विभाजन होइन, विद्रोह हो । विद्रोहबाट जन्मेको शक्ति सुरुमा सानै हुन्छ तर उसको बाटो सही छ भने त्यो झाँगिन्छ ।’

पाण्डेले छुट्टै पार्टी बनाउनु आफूहरूको रहर नभई बाध्यता भएको जानकारी गराउँदै एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन सम्भव नदेखेको र सच्याउन जति कोसिस गरेपनि सम्भव नभएको पार्टी बनाउँनु परेको बताए ।

नेता पाण्डेले ‘मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)को प्रावधान संशोधन नभई पास गर्न सकिँदैन भन्दै, ‘पूर्वप्रधानमन्त्री झलनाथ खनाल संयोजकत्वमा रहेको कार्यदलको सुझाव अनुसार एमसिसीका प्रावधान संशोधन हुनुपर्नेमा जोड दिए ।  उनले संशोधनबिना एमसिसी पास गर्न नसकिने पार्टीको धारणा रहेको जनाए ।

नगरका विभिन्न वडाबाट नेता–कार्यकर्ता सहभागी कार्यक्रममा पार्टी नेता तथा सूर्याेदय नगरका प्रमुख रणबहादुर राईको अध्यक्षतामा भएको कार्यालय उद्घाटन समारोहमा पार्टी जिल्ला अध्यक्ष भक्त केसी, प्रदेश सांसद खिनु लङ्वा लिम्बू, जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइलीलगायत नेकपा (एस)का पार्टी नेता–कार्यकर्ताको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार