युवा संघ नेपाल नगर कमिटी इलामको रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरे


सेवारो खबर  259 पटक हेरिएको

इलामः सातौ संविधान दिवसका अवसरमा राष्ट्रिय युवा संघ नेपाल नगर कमिटी इलामले रक्तदान कार्यक्रम गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी इलामको समन्वय गरेको कार्यक्रममा ८८ जनाले रक्तदान गरेको बताइएको छ ।

रक्तदान मार्फत संकलन गरिएको रगत नेपाल रेडक्रस सोसाइटी मोरङको रक्त संचार केन्द्रमा पठाइएको छ ।

युवाहरु दलको आदेश बाहेक मानवीय सेवामा पनि समर्पित हुँदै, मानवीय सेवाका क्षेत्रमा पनि क्षमता प्रर्दशन गर्न सक्छन् भन्ने उद्देश्यले गरिएको कार्यक्रमले चाडबाडको समयमा हुँन सक्ने दुर्घटनामा रगतको अभावलाई पुरा गर्ने आयोजकको भनाई छ ।

रक्तदान कार्यक्रम नेकपा एमाले इलामका अध्यक्ष तथा प्रदेश सभा सदस्य रामबहादुर राना, जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बराल, प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का र जिल्ला प्रहरी कार्यालयका एसपी महेन्द्र श्रेष्ठको समेत उपस्थिती रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार