इलाम: मानव अधिकार मञ्च नेपाल इलामले सातौं संविधान दिवसको अवसरमा प्रदेश स्तरीय बाल भिडियो प्रतियोगिता गरेको छ ।
‘मेरो पालिकामा बाल अधिकार र मेरो कुरा’ विषयको भिडियो प्रतिस्पर्धामा धनकुटाकी अनिसा रूचाल प्रथम भएकी छिन् । उनले सात हजार नगद पुरस्कार समेत हात परेकी छिन ।
प्रतियोगितामा इलामका रिया लिम्बू दोस्रो र उदयपुरका प्रकृती खड्का तेस्रो भएकी छिन । उनिहरुले क्रमशः नगद छ हजार र पाँच हजार पुरस्कार जितेकी छिन् ।
किन्नर मिसनरेक जर्मनीको सहयोगमा बाल संरक्षणका लागि ऐक्यबद्धता परियोजनाले भर्चुअल माध्यमबाट गरेको प्रतियोगिताको पुरस्कार हप्तादिन भित्र विजेताको नाममा पठाइदिने कार्यक्रम संयोजक रूद्र थेबेले जानकारी गराए ।
सामान्य अवस्था वा कोभिड महामारीः बाल अधिकार संरक्षणमा हामी सबैको साझा जिम्मेवारी भन्ने नाराका साथ गरिएको प्रतियोगितामा प्रदेश भरीका २९ जनाको सहभागिता रहेको थियो ।
मानव अधिकार मञ्चका अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालको प्रमुख आतिथी रहनु भएको थियो ।