सन्दकपुर गाउँपालिकामा सरसफाईसँगै उत्कृष्ट कर्मचारी पुरस्कृत


सेवारो खबर  156 पटक हेरिएको

इलाम: संविधान दिवशको अवसरमा इलामको सन्दकपूर गाउँपालिकाले सरसफाईसँगै उत्कृष्ट कर्मचारी पुरस्कृत गरेको छ ।

गाउँपालिकाले प्रमुख प्रशासकिय भवन परिषर, सातखाल्डे सहिद पार्क, रामसरा क्षेत्र माईपोखरीमा सरसफाई कार्यक्रम गरेको बताइएको छ ।

यसै अवसरमा सव इञ्जिनियर राजकुमार यादव, प्रशासन शाखाका सुनिल निरौला, स्वास्थ्य सेवा तर्फ सिनियर अनमि चन्द्रकला मुखिया, शिक्षा सेवा तर्फबाट धनकुमार राई, करार कर्मचारीको तर्फबाट निपेश फुयललाई नगद १० हजार सहित पुरस्कृत गरेको छ

पुरस्कृत कर्मचारीहरुलाई गाउँपालिका अध्यक्ष उदय राई र प्रमुख प्रशासकिय अधिकृत महेश राईले नगद र सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार