नेकपा एमाले इलामको पार्टीमा एकताबद्ध हुँन अपील


सेवारो खबर  152 पटक हेरिएको

इलामः नेपाल कम्युनिष्ट पार्टी (एमाले) इलामले पार्टीमा एकताबद्ध हुँन अपील गरेको छ ।

जिल्ला कमिटी अध्यक्ष राम राना र सचिव महेश बस्नेतले हस्ताक्षर गरेको अपील पत्रमा पार्टीको आन्तरिक जीवनको जुनसुकै समस्यालाई बैचारिक, सांगठनिक माध्यमबाट समाधान गर्न सकिने भएकाले एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरिएको छ ।

पार्टीको केन्द्र, प्रदेश, जिल्ला, नगर, गाउँ, वडा र सेल कमिटी, सबै जन वर्गिय, पेशागत, व्यवसायी, सामुदायिक संगठनहरूमा आवद्ध प्रतिनीधिसभा, प्रदेशसभा, नगरपालिका तथा गाउँपालिकाका जनप्रतिनीधिले बिगत जसरी नै जनताको बहुदलीय जनताको जनवादको सिद्धान्त प्रति प्रतिबद्ध रही पार्टीलाई शसक्त जुझारू एकताबद्ध गर्दै नयाँ युगलाई नेतृत्व गर्न सक्ने एमाले बनाउँन आग्रह गरिएको छ ।

पार्टी विरोधी शक्तिको योजनालाई बल पुग्नेगरी बिखण्डन र पार्टी पंत्ति प्रति अन्योल सिर्जना गर्ने प्रयत्न भइरहेकोमा ध्यानाकर्षण भएको जनाउँदै परमादेशबाट बनेको सरकारले नेकपा एमालेलाई विभाजन गराउँने राजनीतिक दल सम्बन्धि अध्यादेश जारी गर्नु जनविरोधी कार्य भएको अपील पत्रमा उल्लेख छ ।

दल सम्बन्धी अध्यादेशलाई आधार बनाएर एमाले सम्बद्ध केही नेता कार्यकर्ताले नयाँ दल दर्ता गर्नुले समृद्ध नेपाल सुखी नेपाली भन्ने राष्ट्रिय आकांक्षा कुठाराघात भएको भन्दै देश र जनता प्रतिको संकल्पको तेजबोध गराउँने ध्येयबाट विरोधी दल शक्तिको मोर्चाबन्दी हुँनु कम्युनिष्ट आन्दोलनलाई क्षति पु¥याई देशी विदेशी दक्षिण पन्थी शक्तिहरूलाई बल पु¥याउँने काम भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार