कारितासले दियो सन्दकपुरलाई स्वास्थ्य सामग्री


सेवारो खबर  146 पटक हेरिएको

इलाम: कारितास नेपालले सन्दकपुर गाउँ पालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड राहत सामाजिक क्षेत्रको साथ परोपकारी मनले बढाउँ सहयोग हात भन्ने नाराका साथ स्वाथ्य सहयोग गरेको हो ।

मानब अधिकार संजाल तथा शान्ति कार्य समुह प्याग नेपालको समन्वयमा ९५ माक्स १ सय ५० वटा, सर्जिकल माक्स ६० वटा, पिपिई सेट ९०, सेनिटाईजर आधा लिटरको ३० वटा ग्लोभ १०, एन्टिजेन्ट कीट १ सय ९५, अक्सोकिटर २० वटा, सक्सन मेसिन १ र नेबुलाईजर ८ वटा रहेका छन् ।

४२ औँ सामाजिक सेवा दिवसको अवसरमा सामाग्री जिल्ला समन्वय समिति प्रमुख गणेश बराल र प्रमुख जिल्ला अधिकारी ध्रुब कुमार खड्काको उपस्थीतिमा स्वाथय सामग्री हस्तान्तरण गरेको हाे ।

सामग्री सन्दकपुरका प्रमुख प्रशासकीय अधिकृत महेश राई र स्वास्थ शाखा प्रमुख मनोज कुमार धुरझारलाई ग्रहण गरे ।

स्वास्थ्य सामग्री हस्तान्तरणका क्रममा प्यागका प्रकाश अधिकारी, कारितास नेपालका गोबिन्दराज कट्टेल, जिल्ला समन्वय प्रमुख गणेश बराल र प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले सामाजिक कामको कारितास नेपालको प्रशंसा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार