यात्रा, असोज ७ गतेको हो । अपरान्हको सवा ३ बजे सुरु भयो, इलाम देखी ताप्लेजुङ सम्मको। हामी छ जना थियौ। मानव अधिकार मञ्च नेपाल इलामका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्मा एड्मिन एचआर अफिसर तथा कोभिड-१९ को समयमा विपद सहयोग परियोजना संयोजक भक्त थामी, घटना ब्यवस्थापन अधिकृत मनकुमार बराईली, डेक्स अफिसर याम माबो लिम्बू, हामीलाई गन्तव्यसम्म पुर्याउँन जिम्मा लिनुहुँने दाई जीवन कुमाल अनि रेडियो कार्यक्रम उत्पादक र प्रस्तोता म।
अघिल्लो दिनबाट नै तयारी गरिरहेको थिएँ, सामान प्याक गर्ने देखी लिएर सबै। उति धेरै सामान बोकिन आवश्यक सामग्री भने चाहिने छुटाईन जति बोके। बिहिवार सवा ३ बजे अफिसमा गाडी लिएर आईपुग्नु भयो जीवन कुमाल दाई सबैजना तयार हुनुहुन्थ्यो।
हामी खासमा पाँचथर र ताप्लेजुङ गरि दुई जिल्लामा कोभिड -१९ को समयमा विपद सहयोग परियोजना को लागी पत्रकार सम्मेलन र सरोकारवाला निकायहरु सँगको मिटिङको लागि यात्रा गर्दै थियौ। यात्रामा हामी सबैको आ आफ्नै जिम्मेवारी थिए ।
जिम्मेवारी राम्रोसँग निर्वाह गर्ने गरी हाम्रो यात्रा अगाडी बढेको थियो यात्रा पाँचथर सम्मको लगभग हामी ६ बजेर २० मिनेट पुग्दा पाँचथरको सदरमुकाम फिदिम बजार पुग्यो। सरहरुको अगाडिनै प्लान थियो फिदिममा सरगम होटेलमा बस्ने प्लान मुताबिक नै हामी सरगम पुग्यो।
बस्ने सबै बन्दोबस्त भक्त सरले गर्नुभयो भने खानपिनको याम सरले, अगाडिबाट नै पत्रकारसँग सम्पर्क र खानपिनको जिम्म उहाँले लिनुभएको थियो।
अब यात्रा गर्दै गर्दा रक्से कटेपछी भक्त सरले आफना बाल्यकालका कुराहरु सुनाउनु भएको थियो । जुन मेरो लागि अति नै प्रिय र साहश दिने खालका थिए। देउराली पुग्न लाग्दा देखी घरको याद नआउने कुरै भएन जहाँबाट ओरालो जाने बाटोले मेरो घरसम्म पुर्याउथ्यो। घरको अलिकति यादसँगै अगाडी बढ्यौ हामी।
राँके पुगेपछी प्रहरी चेकजाँच गर्ने ठाउँमा जीवन दाई ओर्लनु भयो । त्यँहा प्यासेन्जरको संख्या, उमेर र अन्य विवरण अनिवार्य टिपाउनु पर्ने रहेछ । त्यो कार्य उहाँले सक्नुभएपछी हामी फेरि अगाडि बढ्यौ । अलि परतिर चिम्फुला स्कुल पुगेपछी गाडी एकैछिन रोकेर सरहरु आलु सब्जी, बिउँको लागि सोध्न ओर्लनु भयो ।
फर्किदा लिने गरेर साहुसँग बिदा लिई फेरि यात्रा अगाडी बढ्यो । पौवा भञ्ज्याङ्को जोम्सा रेन्टुराँ एन्ड बार पुग्यौं जहाँ पुग्दा साँझको ५ बजेर २९ मिनेट पुगिसकेको थियो । कफि पिउन भनेर रोकिएको हौ त्यहाँ हामी । गाडीबाट ओर्लिसकेपछी फोटो खिच्न लाग्यौ हामी भक्त सरले निकै राम्रो फोटो खिचिदिनु भएकोले म फुरुङ्ग थिए । उहाँको फोटो खिचिदिने बेलामा देवेन्द्र सरले पोजको कुरा गर्नु भएपछी एकछिन हाँस्यौ हामी।
कफी ६ वटा अडर भयो । जहाँ ५ वटा चिनी माज्ज्जाले लागेको र १ वटा थोरै चिनी सहितको जुन देवेन्द्र सरको लागि थियो। वहाँ खानेकुरा र आफ्नो स्वास्थमा निकै ख्याल गर्नुहुदो रहेछ । भनौ उहाँ यङ्ग देखिनुभएको, काममा फुर्तिलोपना पनि सायदै यहि ख्याल ले गर्दा होला जसको म ठुलो फ्यान छु। सरगम पुगेपछी मेरो लागी छुट्टै कोठा लिईएको थियो ।
म आफ्नो रुम तर्फ लागे केहिछिनपछी खानाको लागि खबर आयो । हामी सबै तल ओर्लेर खाना खायौ खाना निक्कै मिठो थियो । लोकल कुखुराको मासु सँग।खाना पश्चात् माथि उक्लेर केहि समय सरहरुसँग छलफल गरे याम सर आफ्नो अनलाइन पत्रिकाको काम तर्फ लाग्नुभयो ।
केहिसमय गफ गरेपछी आफ्नो रुम तर्फ लागे। जुनेबेला फेरि एकपटक भक्त सरले सम्झाउनु भयो भोली बिहान ७ बजे तल ओर्लिसक्नु पर्छ है । बिहान करिब ७ बजेर १५ मिनेट तिर तयार भएर तल झर्दा सरहरु चियाको लागी अघि निस्किनु भएको रहेछ कोशेली घरतर्फ मलाई पनि त्यही आउन भन्नुभएपछी म पनि त्यतै लागे केहिबेर कुरेपछी ग्रीन टि आयो जसमा चिया मुना मात्र नभएर चियाको फुल सहितको स्पेसल चिया आयो । हेर्दा निकै आकर्षक भएपनी मलाई त्यो इलामको ग्रीन टि जत्तिको लागेन। तर निक्कै खुशिका साथ लियौ हामिले ।
बिहान ९ बजेको पत्रकारसँग अन्तरकृयात्कम कार्यक्रम रहेको थियो हाम्रो ।चिया लिसकेपछी हल मा हल तयार गर्न लाग्यौ । हामीलाई जीवन दाईले पनि सहयोग गर्नुभयो उसो त उहाँ हरेक काममा सहयोग गर्न पछाडी पर्नु हुन्न रहेछ। बोर्ड टाँस्ने बेलामा मेरो हाईट नपुगेर भक्त सरले यस्तै हो बढनु बिर्सिएपछि भन्नु भएको र हल तयार भएपछि फोटो खिच्न लाग्दा जीवन दाईले फोटो त तालिम दि लागेको जस्तो लिने हो नि भन्नु भएको म कहाँ बिर्सन्छु र।
हलको ब्यवस्थापन सकेर हामी फेरि रेस्टुराँ तिर फर्कियौ केहि समय पछि जिल्ला समन्वय समिति प्रमुख ज्यु आउनु भयो । देवेन्द्र सरले उहाँ सँग केहिबेर गफ सक्नु भएपश्चात मलाई समय मागिदिनु भयो भक्त सरले उहाँसँग अन्तर्वार्ता लिने। म जिल्ल समन्वय समिति प्रमुखसँग अन्तर्वार्ता लिन लागे पश्चात उहाँहरु पत्रकारसँग को अन्तर्क्रीया तर्फ लाग्नु भयो ।
म पनि आफ्नो काम सकेपछी सरासर कार्यक्रम हलतर्फ लागे । निकै राम्रो सक्रियता थियो पत्रकारहरुको । दिउँसो को खाना साढे दश बजे भयो खानापश्चात पुर्वतालिका अनुसार हामी जिल्ला समन्वय समितीको कार्यलय तर्फ लाग्यौ जहाँ हाम्रो सरोकारवाला निकायसँग को मिटिङ्ग थियो ।
मिटिङ्ग सकेपश्चात हामी सरासर ताप्लेजुङ तर्फ लाग्यौ। फिदिम तल हेवाखोला तरेपछी म निदाए जोरपोखरी पुग्दा बिउँझिए। केहिपर पुगेपछी सरहरुले मलाई विभिन्न ठाउँहरु चिनाउनु भयो ताप्लेजुङ का विभिन्न ठाउँहरुको बारेमा पनि बताउनु भयो । जुन मेरो लागि जानकारीमूलक र नयाँ विषय थियो । त्यसपछी काबेलि खोला आईपुग्यो त्यहाँ झरेर फोटो खिच्ने मेरो रहर भत्त सरलाई सुनाएको थिये जुन पुरा भयो।
खोला देखेपछी मोहन सरले भन्नुभएको कुरा सम्झिए उहाँले मेरो पहिलोपटक ताप्लेजुङ यात्रा हो भन्ने थाहा पाउनुभए पश्चात काबेली खोलामा उत्रर पुर्वतर्फ छ पटक पश्चिम तर्फ छ पटक ढोग्नु उस्तै गरेर उत्तर र दक्षिण पट्टि पनि ढोग्नु भन्नुभएको सम्झे एकछिन हाँसो पनि भयो। फोटो लिदै गर्दा देवेन्द्र सरले सिधा उभ्ने बाहेक अरु पोज नआएकोले श्रीमान गम्भिर ……. भन्दै मुस्कुराउनु भएको मेरो लागि स्मरणयोग्य छ । आफु बैश को बेलामा मोबाइलको सुविधा नभएकोले फोटो खिच्दा दिनुपर्ने पोज सम्बन्धि जानकारी प्राप्त गर्न सकेको गुनासो पनि राख्दै हुनुहुन्थ्यो । अ ! साच्चै भनौ त्यो पल म सम्झिरहनेछु।
करिब ८ बज्न लाग्दा हामी ताप्लेजुङ को सुकेटारमा अवस्थित हेभन होटेलमा पुग्यो जहाँ हाम्रो बस्ने तालिका थियो । त्यहाँ पुगेर तातोपानी लियौ फिदिम हेरि निक्कै चिसो थियो सुकेटार ।केहिछिन कुरेपश्चात हाम्रो खाना पनि आईपुग्यो जसमा लोकल कुखुराको सुप एकदमै स्वादिष्ट थियो र तातो पनि। खाना खाएर आआफ्नो रुम तर्फ लाग्यो ।
असोज ९ गते शुक्रबार बिहान ६ .३० बजेतिर हामी सबै आ-आफ्नो रुमबाट निस्कियौ तातोपानी लिएपश्चात हामिफेरी आफ्नो गन्तब्य तर्फ लाग्यो आजको हाम्रो सेड्युल ८ बजे पत्रकारसँग अन्तर्क्रीयात्मक तालिम र ११ बजे तिर जिल्ला अस्पताल जाने। चिया लिएपश्चात हामी आफ्नो बाटो लाग्यो अलिपर पुगेपछी याम सरले सुकेटार नहेरि फर्किनु भोनी सरिता बहिनी भने लगतै देवेन्द्र सरले गाडी घुमाउन लाउनु भयो र सुकेटार एयर्पोट तर्फ लाग्यो ।
केहिछिन हेरे निकै रमाइलो ठाँउमा रहे छ पारिपट्टी कुम्भकर्ण हिमाल कन्चनजंघा हिमाल र पाथिभराको पहाड देख्दा मन कम्ता रमाएन ।एकदुईवटा तस्बिर लिन भियाऔ जुन कुरामा म निक्कै अगाडि छु।फेरि हामी आफ्नो गन्तब्य तर्फ लाग्यो त्यहाँबाट सरासर हामी पत्रकार महासंघ को हल तर्फ लाग्यो त्यहाँ को तयारी सकेपछि हाम्रो पत्रकारसँग को कार्यक्रम सुरु भयो कार्यक्रम सकेपश्चात हामिलाई निकै सम्मान सहित मिट्ठो कफि खुवाउनु भयो। करिब १०:३० बजेतिरको खाना पछि पत्रकारसँग बिदा लिई हामी जिल्ला अस्पताल लाग्यो त्यहाँ अस्पताल प्रमुख ज्यु सँगको मिटिङ्ग पछि हामी।बालबालिका का लागी बालमैत्री आईशोलेशन बनाउने ठाउँ को बारेमा छलफल भयो ।
त्यस लगतै हामी फर्किने तयारीमा थियौ फर्किनु भन्दा अगाडी ताप्लेजुङको निकै चर्चित कफि पाउने ठाउँमा कफिको लागी लाग्यो हामी।कफि गफ एकछिन चल्यो।जहाँ देवेन्द्र सर कुमार सिवा सर जो ताप्लेजुङ मा वातावरण बिकास मंच को अध्यक्ष हुनुहुन्थ्यो उहाँ हरु गफमा ब्यस्त हुनुभयो ।म भने विश्वका चर्चित मान्चेहरुको तस्बिर नियाल्न लागे जसको बारेमा मलाई रुद्र थेवे सरले अगाडि सुनाउनु भएको थियो।कफि सकेपश्चात हामी इलाम फर्कियौ ताप्लेजुङ को ओरालो लागेपछी काबेली आईपुग्दा त्यहाँको चर्चित तिते माछा किन्यौ र अघि बढ्यो । उकालो लागेपछी फेरि विभिन्न ठाउँ हरु को बारेमा गफ भयो जुन मेरो लागी जानकारी भयो।
अघिल्लो दिन निदाएकोले हेर्न छुटाएको ठाउँ हरु फर्किन्दा भने हेर्न छुटाईन ताप्लेजुङ देखी झर्दै गर्दा बाटोमा विभिन्न बोर्डहरु थिए जसमा लिम्बु भाषामा केहि लेखिएको थियो जुन सुचनामुलक थियो भन्ने लागेको छ नबुझेरै पनि। फिदिम आईपुगे कफि खाई अगाडि बढेपछी केहि माथी आईपुग्दा याम सरले आफ्नो छोराले गर्ने विभिन्न काल्पनिक प्रश्न को बारेमा कुरा गर्नु हुदा । देवेन्द्र सरले उहाँलाई दिनुभएको सुझावले एकछिन कस्सेर हाँस्यौ हामी सबै। लगतै फेरि जोम्सामा ओर्लेर खाजा खाएपछी चिम्फुला स्कुल छेउ ओर्लेर आलु लिएपछी हामि फेरि अगाडी बढ्यौ । बाटोमा सबैभन्दा पहिला भक्त सर ओर्लनु भयो । हामी ६ बाट पाँचमा झर्यौ । करिब ९ बजेर २० मिनेट मा आईपुगे म आफ्नो रुम । अनि मेरो लागी यो दुई दिने यात्रा सफलतापुर्वक र अविस्मरणीय रह्यो। अन्त्तमा धन्यवाद सरहरुलाई बाटोमा देखाउनु भएको माया,केयर प्रती सधै आभारी रहनेछु, र विशेष धन्यवाद भत्त सर तपाईंलाई।