मेडिकल कलेज स्थापना गर्न इलाम नगरपालिकाले गर्यो सहयोगको आग्रह


सेवारो खबर  295 पटक हेरिएको

इलाम: मेडिकल कलेज स्थापना गर्न इलाम नगरपालिकाले सहयोगको आग्रह गरेको छ ।  कलेजको आवश्यक स्राेत साधन जुटाउन  आर्थिक सहयाेग संकलन गर्न सबैसँग आग्रह गरेको हो ।

कलेज स्थापना गर्न नगरपालिकाले इलाम मेडिकल कलेज सहयोग समिति बनाएको छ । समितिका संयोजक श्यामकृष्ण घिमिरे र सदस्य श्होमबहादुर बस्नेतको संयुक्त दस्तखतबाट सञ्चालन हुने गरी नेपाल बैंकइलाम शाखाको खाता नम्बर ०४०००१०७१३७१६१०००००१ मा सहयोग जम्मा गरिदिन आग्रह गरेको छ ।

समितिले इलाममा स्वास्थ्य शिक्षाको विकास र आर्थिक समृद्धिका लागि सबैबाट आर्थिक सहयोगको लागि अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार