इलाम चोक बजारमा यात्रु सहायता कक्ष स्थापना


सेवारो खबर  476 पटक हेरिएको

इलाम: जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले इलाम चोक बजारमा यात्रु सहायता कक्ष शुरू गरेका छन् ।

चाडपर्वमा यात्रु तथा सवारी साधनको चापलाई सहज बनाउँदै प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले सहयता कक्ष शुरू गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार एक कार्यक्रम गर्दै स्थापना गरिएको सहायता कक्ष उद्घाटन समारोमा इलाम नगरपालिकाका प्रशासकिय अधिकृत, उद्योग वाणिज्य संघका प्रतिनीधि पत्रकार तथा यातायात ब्यवसायी समेतको उपस्थितिमा यात्रु सहायता कक्ष स्थापना प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी गराए ।

चाडपर्वमा यात्रुकोे चाप बढ्दा यात्रुहरू ठगिने, झुक्याएर भाडा दर बढाउँने, सवारी साधनले जताभावी भारी बोक्ने, सीट क्षमता भन्दा बढी यात्रु बोक्ने क्रियाकलापलाई नियन्त्रण गर्दै यात्रुलाई सहजै गन्तव्यसम्म पुग्ने वातावरण निर्माण गर्न सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक किशोर तामाङले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार