सूर्योदयका व्यवसायी अग्रवाल ११ लाख रुपियाँ भारतीय नोट सहित पक्राउ


सेवारो खबर  300 पटक हेरिएको

इलाम: सूर्योदय नगरपालिका १० का व्यवसायी ३५ वर्षिया अनुप अग्रवाल ११ लाख रुपियाँ भारतीय नोट सहित पक्राउ परेका छन् । उनलाई हर्कटे बजारमा रहेको प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

फिक्कलबाट झापा तिर जाँदै गरेको मे १ च ६४२४ कार  चेकजाँच गर्ने क्रममा अग्रवालको साथमा रहेको कालाे झाेलाबाट पाँच सयको दुई हजार एक सय ३३ थान, दुई हजारको १४ थान, दुई सयको २७ थान, एक सयको एक थान नाेट सहित ११ लाख रुपियाँ बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

अग्रवाललाई थप अनुसन्धान र कार्वाहीको लागि आन्तरिक राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

कारसिहत चालक  सुर्योदय नगरपालिका  ८ बस्ने बर्ष ५१ को कर्ण कठायत समेत लाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पशुपतिनगर राखिएको प्रहरीले जनाएको छ ।

इलाम जिल्लामानै भारतीय नोटको सटही काउन्टर छैन । सटही काउन्टरको अभाव व्यक्तिहरुलेनै नोट सटही गर्ने गरेका छन् । अग्रवालले समेत सटही काउन्टर बिनै भारतीय नोट साट्ने गरेको बुझिएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार