इलाम: रोजगारीका अवसरमा लैङ्गिक सामानता र सामाजिक समावेशिकरणलाई प्रभावकारी बनाउँनु पर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरुले रत्नकुमार बान्तवा पोलिटेक्निकल इन्ष्टिच्युट इलामले आयोजना गरेको लैङ्गिक समानता र सामाजिक समाबेशिकरण सम्बन्धि कार्यशालाका सहभागिले रोजगारीको अवसरलाई प्रभावकारी बनाउँनु पर्नेमा जोड दिए ।
इन्ष्टिच्युटको प्राविधिक शिक्षालयहरुमा रोजगारदाताहरुको सहभागी सुदृढीकरण परियोजना अन्तर्गत गरिएको कार्यशालामा प्राविधिक शिक्षा तथा ब्यावसायिक परिषदले दिने उद्धमशिल तालिममा हुने सहभागी अझै पनि लेङ्गिक र सामाजिक समाबेशिकरण नभएको बताइएको थियो
लैङ्गिक समानताको विषयमा आम मानिसहरुमा सकारात्मक धारणा बनाउँन सकेमा सहभागीता प्रभावकारी बनाउँन सकिने सहभागिले सुझाएका थिए ।
अवसरको विषयमा लक्षित समुदायसम्म सुचना पुग्न नसक्नु, आवश्यकताको पहिचान हुन नसक्नु, कामप्रतिको सम्मान नहुनु, उद्धमशिल तालिम कम हुनु, सरोकारवालाहरुको ध्यानाकर्षण नहुनुले सहभागिता प्रभावकारी नभएको औल्याए ।
कार्यक्रम लक्षित समुदायसम्म पुर्याउँन तालिमको आवस्यकता कस्लाई छ भनी अध्यन गर्नु पर्ने, सूचनालाई बिस्तार गर्नु पर्ने र सरोकारवाला हरुको भुमिका महत्त्वपूर्ण गर्नुपर्ने आवस्यक रहेको बताइएको छ।
कार्यक्रममा मानवअधिकार् मन्च नेपाल, उद्योग बाणिज्य संघ, महेन्द्र रत्न बहुमुखी क्याम्पस, इलाम नगरपालिका र देउमाई नगरपालिकाको जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।