इलामः समाज रूपान्तरणमा जनचेतनाका लागि रेडियो नाटक प्रभावकारी माध्यम भएको इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् ।
जिआईजेट र जेटएफडिको सहयोगमा मानव अधिकार मञ्च इलामले आयोजना गरेको रेडियो नाटम सम्बन्धि छ दिवसीय तालिमको समापन समारोहमा सहभागिलेलअस्ताउदै गएपनि समाजमा जनचेतना जगाउने कार्यमा नाटकको प्रभावकारीता अझै पनि यथावत नै रहेको बताए ।
नेपाली चलचित्र का लेखक ,निर्देशक कलाकार खगेन्द्र लामिछानेले समाज रूपान्तरणको माध्यमको रूपमा विकास भएको रेडियो नाटक प्रशारण सजिलो माध्यम भएको बताए । उनले रेडियो मार्फत प्रशारण गरिने नाटले समाजको आवाज बोल्नु पर्नेमा जोड दिए ।
समाजलाई सिर्जनात्मका क्षेत्रमा लाग्न प्रेरणा दिन नाटकमा काम गरिरहेको र गर्न चाहनेको लागि तालिमले सहज बनाई दिएको मानव अधकिार मञ्च नेपाल इलामका उपाध्यक्ष बीरबहादुर खड्का ले बताए । उनले नाटले समाजलाई सकारत्मक सन्देश दिनु पर्नेमा जोड दिए ।
सिकेका ज्ञान्, सीपलाई निरन्तरता दिदै जीवनोपयोगी बनाउँनुपर्ने आयोजक संस्थाका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले बताए ।
नाटकमा रूचि राख्ने स्थानीय १४ जनाको सहभागिता रहेको तालिमलाई तालिमको समापनमा आफुले यस तालिमबाट नाटक सम्बन्धि आधारभुत ज्ञान सिकेको र निकै महत्त्वपूणर् भएको सहभागिले बताए । कार्यक्रम संस्थाका स्थानीय शान्ति सहजकर्ता गायत्री थेगिमले संचालन गरिन् ।