‘बेमौसमी वर्षाको समस्यामा परेका घर परिवारलाई सहयोग गर्न आग्रह’


सरिता राई  307 पटक हेरिएको

माङ्सेबुङ: इलामको माङ्सेबुङमा भएको एक कार्यक्रमका वक्ताले गएको कातिकको बेमौसमी वर्षाले समस्यामा परेकालाई हयोग गर्न आग्रह गरेका छन् ।

उनिहरूले गएको कातिक पहिलो सातामा परेको बेमौसमी वर्षाले समस्यामा परेका परिवारका बालबालिकालाई बाल हेल्पलाइन १०९८(दशनौंआठ) मानव अधिकार मञ्चको सहयोग बितरण कार्यक्रममा बोल्दै समस्यामा परेका घर परिवारलाई अन्य सरोकारवालाले पनि सहयोग उपलब्ध गराई दिन आग्रह गरेका हुन ।

गाउँपालिका उपाध्यक्ष सुनिता सुब्बाले वर्षाले समस्यामा परेका घर परिवारलाई सरकारी राहत अपुग भएकोले अन्य सहयोगीले समेत सहयोग गर्नु पर्नेमा जोड दिइन् । उनले अन्य सहयोगी सरोकारवालालाई पनि सहयोग उपलब्ध गराई दिन आग्रह गरिन् ।
कार्यक्रममा सहभागी नेकपा एमाले गाउँपालिका अध्यक्ष हेमन्त राईले जिल्लाको दुर्गम पालिका मानिएको माङसेबुङको क्षतिलाई हेरेर समस्या परेकालाई अझै पनि परर्याप्त सहयोग नपुगेको बताए । उनले गाउँपालिकामा क्षति बढी भएकाले अन्य सहयोगीले समेत सहयोग उपलब्ध गराइ दिन आग्रह गरे ।

सहयोग वितरण कार्यक्रममा ६ नम्बर वडाध्यक्ष प्रदिप साम्पाङ्ग राई, नेकपा एमाले माङसेबुङका अध्यक्ष हेमन्त राई कार्यपालिका सदस्य पूर्ण कार्कीढोली, कला सिवा, पालिकाका सब इन्जिनियर युवराज दाहाल, वडा प्राविधिक इश्वर दाहाल, कमला साम्सोहाङ, बुद्दि योङहाङ मानव अधिकार मञ्च नेपालका बाल हेल्पलाईन प्रमुख भक्तबहादुर थामी, डेस्क अफिसर याम माबोहाङ लिम्बू, डेस्क अधिकृत रञ्जु थामी, सरिता राई र समस्यामा परेको स्थानीवासीको उपस्थीति रहेको थियो ।

बालबालिकालाई बाल हेल्पलाइन १०९८को ७३ हजार बढीको सहयोग


बाल हेल्प लाइन १०९८ (दशनौंआठ) मानव अधिकार मञ्चले ७३ हजार छ सय ४८ बराबरको दैनिक उपभोग्य सामग्री बालबालिकालाई उपलब्ध गराएको छ ।

हेल्प लाइनले माङसेबुङ गाउँपालिका ६ नम्बर वडाका पाँच परिवारका १८ वर्ष भन्द मुनिका सात बालबालिकालाई सहयोग गरेको हो ।

बेमौसमी वर्षले समस्यामा परेको स्थानीय चार वर्षका एरिन राई, ८ वर्षका साजन राई, ६ वर्षका जोनसन मगर, १६ वर्षकी रेस्मा राई, १३ वर्षकी अञ्जली राई, १४ वर्षकी रेजिना राई र १३ वर्षका रोहित राईलाई दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, शैक्षिक तथा स्वाथ्य सामग्री दिइएको हेल्पलाइन प्रमुख भक्तबहादुर थामीले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार