नेपाली कांग्रेसको प्रदेश निर्वाचन क्षेत्र अधिवेसन भोली मंसिर ३ गते हुँदै


सेवारो खबर  205 पटक हेरिएको

इलाम: नेपाली कांग्रेसको प्रदेश निर्वाचन क्षेत्र अधिवेसन भोली अर्थात मंसिर ३ गते शुक्रबार हुँदैछ । अधिवेसनको अन्तिम तयारी समेत पुरा भएको बताइएको छ ।

क्षेत्र नम्बर १ को प्रदेश क क्षेत्रको सूर्योदय नगरपालिकाको फिक्कल बजारमा प्रदेश ख क्षेत्रको रोङ गाउँपालिकाको कुँटीडाँडामा अधिवेसन हुनेछ ।

क्षेत्र नम्बर दुई प्रदेश क क्षेत्रको इलाम नगरपालिकाको नेपालटार बजारमा र प्रदेश ख क्षेत्रकोे माङ्सेबुङ गाउँपालिको गजुरमुखी धाममा अधिवेसन केन्द्र तय गरिएको नेपाली कांग्रेस जिल्ला सचिव खगेन्द्र देवानले जानकारी गराए ।

सचिव देवानका अनुसार अधिवेसन सम्पन्न गर्न जिम्मेवारी सहितका सम्पूणर् तयारी पुरा भएको छ ।

चार प्रदेश निर्वाचन क्षेत्र रहेको जिल्लामा क्षेत्रीय सभापतिका लागि जम्मा ८ जनाले उम्मेद्धारी दिने बताइएको छ ।

क्षेत्र नम्बर १ मा क्षेत्रीय दुई सभापतिका पदमा शम्सेर राई, भिष्म प्रधान, दुर्गा बरालले उम्मेद्धारी दिने लगभग पक्कापक्की जस्तै हुँदा मिलन क्षेत्रीको नाम पनि चर्चा छ ।

त्यस्तै क्षेत्र नम्बर २ को क्षेत्रीय दुई सभापतिका पदमा नुतनदेव दुलाल, डिकेन्द्र इदिङ्गो, नरेश श्रेष्ठ र मनकुमार बुढाथोकीले उम्मेद्धार दिनुहुने बताइएको छ ।

उम्मेद्धारले सामाजिक सञ्जालमा उम्मेद्धारी घोषणा गर्ने गरिरहेको छन् । उनिहरूले सामाजिक सञ्जाल मार्फत आफूलाई जिताउँन मत मागी रहेका छन् ।

दशै अघि वडा तथा पालिकाको अधिवेसन भएपनि लामो समयपछि शुक्रबार क्षेत्रीय अधिवेसन हुन लागेको हो ।

मंसिर ६ गते संघीय क्षेत्रीय अधिबेशन र मंसिर १० गते जिल्ला अधिबेशन हुने कार्य तालिका रहेको छ ।

जिल्लमा पौडेल पक्ष बलियो

नेपाली कांग्रेसको वडा र पालिकाको अधिवेसन भइसकेको छ । यो अधिवेसनलाई हेर्ने हो भने रामचन्द्र पौडेल पक्षको वर्चश्व देखिएको छ ।

जिल्लाको १० स्थानीय तहमा सात स्थानमा आफ्नो पौडेल पक्षको सभापति छानिएको जानकारहरूले अनुमान गरेका छन् ।

जिल्लामा १३ औं महाधिवेशनमा पौडेल पक्ष नै बलियो देखिएको थियो । चार वटा नगर समितिमध्ये तीन वटामा पौडेल पक्षका सभापतिले जितेका थिए ।

इलाम नगरपालिका तीर्थ गुरुङ, सूर्योदय नगरपालिकाका जीवन नेपाल र देउमाई नगर सभापतिमा निर्वाचित दिलिप कार्की पौडेल पक्षका बताइन्छ ।

गाउँपालिका समितिमध्ये माङसेबुङमा चन्द्र साम्बा, सन्दकपुरमा तुला गुरुङ, रोङका हरि बुढाथोकी र चुलाचुलीका राजेन्द्र केरुङ पौडेल लाइनको भएको जानकारहरुको भनाई छ ।

माइ नगरपालिकामा भने देउवा पक्षका होमबहादुर लिम्बू, फाकफोकथुमका डिकबहादुर थापा, माइजोगमाईका नरेन्द्र देवान देउवा पक्षका बताइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार