विभिन्न छ वटा अध्यादेश जारी


सेवारो खबर  171 पटक हेरिएको

काठमाण्डौः राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधवार विभिन्न छ वटा अध्यादेश जारी गरेकी छिन ।

नेपालको संविधानको धारा ११४ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले विभिन्न अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश-२०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश-२०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश-२०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश-२०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश-२०७८ र रेल्वे अध्यादेश-२०७८ जारी गरेकी हुन ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको यी अध्यादेश संसद्ले अनुमोदन नगर्दा निष्क्रिय भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार