राजन राई बने, अखिल नेपाल खेलकुद महासंघ जिल्ला समन्वय समिति संयोजक


सेवारो खबर  372 पटक हेरिएको

इलामः अखिल नेपाल खेलकुद महासंघ जिल्ला समन्वय समिति गठन भएको छ । महासंघको बुधबार इलाममा भएको भेलाले राजन राईको संयोजकत्वमा ३५ सदस्यीय समन्वय समिति गठन गरेको हो ।

सह-संयोजकमा भीम लावती र दिनेश राई छानिएका छन् ।

सदस्यहरुमा रोशन राई, रन्जु मल्लिक, मन्जु मल्लिक, विमल लिम्बु, जिवन जिम्बु, सुमन मगर, अर्पण योङहाङ, प्रवीण सुबेदी, सदिन्प राई, राजु लोक्ताम मन्जिल गुरुङ, नरेन्द्र राई रहेका छन् ।

अन्य सदस्यहरुमा राजेन्द्र राई, सौरभ आचार्य, अजय कुमार राई, मनिस तामाङ, विक्रम लामा, भिम लावती, आसिस लाम्गादे, हर्क राई, मनकुमार योङहाङ, हरि राई, युवराज लिम्बु, किरण राई, अजय राई, दिवन राई र मनकुमार राई रहेका छ्न् । बाँकी ५ सदस्य बैठकबाट थप गर्ने बताइएको छ ।

इलाम इन्चार्ज गंगा लिम्बुको अध्यक्षता, नेकपा माओवादी केन्द्र प्रदेश सदस्य कान्छा लावतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघ प्रदेश १ का इन्चार्ज किरण गिरीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा माओवादी केन्द्र इलामकी संयोजक सोममाया राई सिन्धु ,कार्यालय सदस्य एवम देउमाई अध्यक्ष शान्ता बस्नेत सर्कल, प्रवास शर्मा, जिल्ला कार्यालय सचिव प्रकाश परियार, जिल्ला सदस्यहरु विक्रम लिम्बु, राम सञ्जेल लगायतको उपस्थिति रहेको थियो ।

आजको भेलाले मंसिर मसान्तसम्ममा पालिका सम्मेलन गर्ने र पौष १५ सम्ममा जिल्ला सम्मेलन सम्पन्न गर्न समेत निणर्य भएको संयोजक राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार