इलामः बाल हेल्पलाईन १०९८(दशनौआठ) मानव अधिकार मञ्च नेपाल, ईलामले देउमाई नगरपालिका १ का २३ बालबालिकालाई सहयोग प्रदान गरेको छ ।
हेल्पलाइनले बालबालिकालाई १ लाख ४७ हजार पाँच सय रूपयाँ बराबरको दैनिक उपभोग्य सामग्री उपलब्ध गराएको हो ।
गएको कात्तिक पहिलो हप्ता परेको बेमौषमी वर्षाका कारण विस्थापित भएका ११ घरपरिवार बालबालिकालाई खाद्यान्न, लत्ताकपडा, स्वाथ्य तथा शैक्षिक सामग्री उपलब्ध गराएकोमानव अधिकार मञ्चका बाल हेल्पलाइन प्रमुख भक्तबहादुर थामीले जानकारी गराए ।
अध्यक्ष माधवकुमार बस्नेतको उपस्थितीमा समस्यामा परेका बालबालिकालाइ बाल हेल्पलाईन प्रमुख भक्तबहादुर थामी, घटना व्यवस्थापन अधिकृत मनकुमार बराइली, डेस्क अधिकृत रञ्जु थामी र सरिता राईको उपस्तिथिमा हस्तान्तरण गरिएको बताइएको छ ।
आफुहरुको ठाउँमा सहयोग आउँदा एकदमै खुशी लागेको र समस्यामा परेकाहरुलाई पनि सहयोग मिलेको वडाका अध्यक्ष माधव बस्नेतले बताए ।
आफुहरुलाई समस्या परिरहेको बेलामा यसरी सहयोग पाउँदा धेरै राहत पुगेको समस्यामा परेकाले प्रतिकृया दिए ।