स्थानीय तहको केन्द्रबाटै फोटोसहितको मतदाता नामावली संकलन शुरू


सेवारो खबर  162 पटक हेरिएको

इलामः निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटोसहितको मतदाता नामावली संकलन शुरू गरेको छ ।

आयोगले निर्वाचनलाई लक्षित गर्दै जिल्लाको छ स्थानीय तहको केन्द्रबाट नामावली संकलन शुरू गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

पहिलो चरण आज १७ गते शुक्रबारदेखि माङसेबुङ, फाकफोकथुम, सन्दकपुर र माइजोगमाई गाउँपालिका र देउमाई नगरपालिकाको केन्द्रमा पुगेर फोटो सहितको मतदाता नामावली संकलनको काम थालेको हो ।

स्थानीय तहको केन्द्रबाट पहिलो चरणमा १७ देखि २६ मंसिरसम्म मतदाता नामावली संकलन गरिने जिल्ला निर्वाचन अधिकृत देवीचरण फुएलले जानकारी दिए ।

दोस्रो चरणमा २९ मंसिरदेखि ९ पुससम्म ४ वटा स्थानीय तह रोङ र चुलाचुली गाउँपालिका एवम् सूर्योदय र माई नगरपालिकाको केन्द्रमा फोटोसहितको मतदाता नामावली संकलनको काम गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय रहेको इलाम नगरपालिकामा भने त्यहीबाट नियमित रुपमा फोटो सहितको मतदाता नामावली संकलन हुँने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार