देउमाई नगरपालिकामा पनि बन्यो नेकपा एकीकृत समाजवादी पार्टी


सेवारो खबर  1074 पटक हेरिएको

इलाम:  केशर राईका अध्यक्षतामा ५१ सदस्यीय नेकपा एकीकृत समाजवादी पार्टी देउमाई नगर पार्टी कमिटी शुक्रबार गठन भएको छ ।

उपाध्यक्ष लोकप्रसाद चम्लागाई, सचिव चित्र मोरोहाङ उपसचिव मिना राई र सन्दिप राई रहेका छन् ।

पार्टी जिल्ला अध्यक्ष भक्त केसी, विशेष अतिथि युवा संघका उपमहासचिव तथा प्रवक्ता सन्जिप राई, बुद्दिजीवि पुष्प डुङ्गाना, डम्बर गदालको उपस्थितीमा पार्टी गठन गरिएको हेमराज लिम्बुले जानकारी गराए ।

यस्तै सुनिल राईको अध्यक्षतामा ४९ सदस्यीय युवाको नगर कमिटी गठन गरिएको छ । युवको सचिव तेजेन्द्र राउत रहेका छन् ।

याम राईको नेतृत्वमा ९९ सदस्यीय पिपुल्स भोलेन्टियर्स गठन भएको पार्टीका जिल्ला सचिव हरि बालाले जमानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार