नेकपा माओवादी केन्द्रको इलामको सबै स्थानीय तहको सम्मेलन सकियो, कुन पालिकामा कसको नेतृत्व ?


सेवारो खबर  227 पटक हेरिएको


इलामः नेकपा माओवादी केन्द्रले जिल्लाको सबै स्थानीय तहको सम्मेलन सम्पन्न गरेको छ ।

शनिबार सन्दकपुर गाउँपालिकाको सम्मेलन सकिएसँगै जिल्लाको सबै पालिकामा सम्मेलन सम्पन्न भएको पार्टीका कार्यालय सचिव प्रकाश परियारले जानकारी गराए ।

सन्दकपुर गाउँपालिका
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सन्दकपुर गाउँपालिका अध्यक्ष फुर्वा तामाङ भएका छन । तामाङको नेतृत्वमा ३५ सदस्यीय कार्य समिति बनाइएको छ । समितिको उपाध्यक्षमा सुवास थेवे, कलिन्द्र राई र भक्तबहादुर गुरुङ छन् ।

सचिव चन्द्रप्रसाद गड्तौला (सिपि), सह–सचिव सृजना तिवारी र कोषाध्यक्षमा चित्रबीर दियाली छानिएका छन् । सदस्यहरुमा राजु तामाङ, जीवन गुरुङ, ग्याजेङ शेर्पा, किरण राई, सुक्रराज साँवा, रितादेवी घिमिरे, तुलसी बहादुर भट्टराई, सोनामा फागो, ध्रुव फागो रहेका छन्
अन्य सदस्यहरुमा देउकुमार राई, टंकमाया श्रेष्ठ शेर्पा, लिला शिवा, गोमा गुरुङ, बिमला गुरुङ, दुर्गा गुरुङ, जयराम तामाङ छानिएका छन् । बाँकी सदस्य मनोनित गरिने जनाइएको छ ।

पार्टीको नेतृत्व चयनका लागि पर्शुराम निरौलाको संयोजकत्वमा भिष्मप्रसाद खतिवडा, जीवन शिवा र दिपक निरौला सदस्य रहेको निर्वाचन समिति गठन भएको थियो ।

भोजप्रसाद खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र इलामका सचिव बिजय खम्बुको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्र्टीका सल्लाहकार प्रेम नाछिरिङ, जिल्ला कार्यालय सचिव प्रकाश परियार, पर्शुराम निरौला, दिपक प्रकाश निरौला, गोमा गुरुङ, टंकमाया श्रेष्ठको आतिथ्यता रहेको थियो ।

माइजोगमाई गाउँपालिका
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र माइजोगमाई गाउँपालिकामा कुविरमान राईको अध्यक्षतामा ५१ सदस्यीय समिति बनाइएको छ ।

समितिको उपाध्यक्षमा झुलेन्द्र पौडेल र भविन खत्री र प्रेम तामाङ निर्वाचित भएका छन् । उपाध्यक्ष भने मतदान प्रक्रियाबाट टुङ्गो लगाइएको हो ।

सचिवमा देविभक्त शिवाकोटी, सह–सचिवमा बिपिन भट्टराई र कोषाध्यक्षमा देवीमाया राई चयन भएका छन् ।

चुलाचुली गाउँपालिका
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र चुलाचुली गाउँपालिकामा पृथ्बीराज राईको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरिएको छ । उपाध्यक्षमा धनदेवी पोख्रेल, दीपक श्रेष्ठ र गजेन्द्र सुनुवार रहेका छन् ।

सचिवमा भगीरथ भट्टराई, सह–सचिवमा नरायण निरौला र कोषाध्यक्षमा इन्द्रकुमार नेम्वाङ छानिएका छन् ।

माई नगरपालिका
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र माई नगरपालिकामा भने धनकुमार लिम्बुको अध्यक्षतामा ६५ सदस्यीय समिति गठन भएको छ । उपाध्यक्षमा रञ्जना थापा, विनोद नेम्वाङ र सन्तोष लोक्ताम चयन भएका छन् ।

समितिको सचिवमा चक्र कटुवाल, सह–सचिवमा समिर राई र कोषाध्यक्षमा युवराज ढकाल चयत भएका छन् ।

इलाम नगरपालिका
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र इलाम नगरपालिकामा प्रवास शर्माको अध्यक्षतामा ५५ सदस्यीय समिति बनाइएको छ । उपाध्यक्षमा विक्रम लिम्बु, अर्जुन राई (दिपेन) र विक्रमजित राई छानिएका छन् ।

सचिवमा तारानिधी घिमिरे, सह–सचिवमा नविन फागो र कोषाध्यक्षमा विविमाया लिङदम चुनिएका छन् ।

देउमाई नगरपालिका
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र देउमाई नगर समितिको अध्यक्षमा भने शान्ता बस्नेत चयन भएकी छिन् । उपाध्यक्षमा अशोक प्रधान, तारा सुवेदी र टिकाराम बराइली छानिएका छन् ।

सचिवमा तुलसी लिम्बु, सह–सचिवमा प्रेमकुमार राई र कोषाध्यक्षमा सारदा राई चयन भएकी छन् ।

सूर्योदय नगरपालिका
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सूर्योदय नगर समितिको अध्यक्षमामा संदिप तामाङ्ग चयन भएका छन् । ५५ सदस्यीय सदस्यीय समितिको उपाध्यक्षमा देवीप्रसाद उप्रेती र घनश्याम पौडेल र सोनिका राई छानिएका छन् ।

सचिवमा मेहेरराज आचार्य, सह–सचिवमा विपिन पोख्रेल र कोषाध्यक्षमा पुष्पराज आचार्य चयन भएका छन् ।

फाकफोकथुम गाउँपालिका
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र फाकफोकथुम गाउँपालिकामा केवी वान्तवाको अध्यक्षतामा ४५ सदस्यीय समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षहरुमा लक्ष्मण घतानी, केदारनाथ खनाल र अरुण दर्लामी छन् । सचिवमा प्रकाश राई, सह–सचिवमा हेमकर्ण निरौला र कोषाध्यक्षमा विष्णुमाया थापा चुनिएका छन् ।

माङसेबुङ गाउँपालिका
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र माङसेबुङ गाउँपालिकामा जनम खम्बुको अध्यक्षतामा ४५ सदस्यीय समिति गठन गरिएको छ ।
उपाध्यक्षमा नरबहादुर लिम्बु, पृथ्बीमान जवेगू र देविकुमार लिम्बु चयन भएका छन् ।

सचिवमा डकिन्द्र लिम्बु, सह–सचिवमा सुरेश राई र कोषाध्यक्षमा मीना कुमारी मगर चुनिएका छन् ।

रोङ गाउँपालिका
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रोङ गाउँपालिकाको अध्यक्षमा देउकुमार राई चयन भएका छन् ।

उपाध्यक्षहरुमा भक्त खवास, सरस्वती विश्वकर्मा र चन्द्रप्रकाश कुवँर छानिएका छन् । समितिको सचिवमा इन्द्रबहादुर राई, सह–सचिमा राम राई र कोषाध्यक्षमा इच्छाराम राई चुनिएका छन् ।

न नेकपा माओवादी केन्द्र माईजोगमाई गाउकमिटी सचीव देविभक्त शिवाकोटीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार