इलामः सन्तोष कुमार कटुवालले निर्माण व्यवसायी संघको अध्यक्षमा उम्मेद्धारी घोषणा गरेका छन ।
निर्माण व्यवसायी संघ इलामको २० औं साधारण सभा तथा ९ औं जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेद्धारी घोषणा गरेका हँुन ।
धरैले सामाजिक सन्जाल मार्फत कटुवालको उम्मेदवारी दिने कुरालाई लिएर युवा नेतृत्व आउनु स्वागत योग्य भनेका छन भने कतिले उनको पक्षमा खुलेरै मत मागेका छ्न ।
यता उम्मेदवार तथा निर्माण व्यवसायी कटुवाले संघको हकहितका लागि आफुले उम्मेद्धारी घोषणा गरेको बताए । बिष्णु निर्माण सेवाका संचालक समेत रहेका सन्तोष बिगत २० बर्ष देखि निर्माण क्षेत्रमा सक्रिय छन ।
कटुवाल यस अघि दुई कार्यकाल जिल्ला उपाध्यक्ष र एक कार्यकाल केन्द्रिय प्रतिनिधिमा रहेर निर्माण ब्यवसायी संघ जिल्लाको काम गरिसकेका छन ।
भोली आईतबार उद्घाटनपछि उम्मेद्वारी दर्ता गरेर आगामी २० गते पदाधिकारी चयनका लागि मतदान हुँनेछ । जिल्लामा २ सय २० जना निर्माण ब्यवसायीले मतदान गर्ने छन ।
कटुवालको उम्मेद्धारी किन ?
२०३५ सालमा इलाम जिल्लामा जन्मेका उनले २०५२ सालमा सिचाई कार्यालयमा सुपर भाईजर पदबाट निमार्ण क्षेत्रमा प्रबेश गरेका कटुवाल बिमान स्थल, सडक,पुल,भवन लगायत निमार्णका लागि अब्बल युबा निमार्ण ब्यबसायीका रुपमा चिनिन्छन् । यसै बिषयमा कटुवालसँग गरेको कुराकानी यस्तो छ ।
१. चुनाब नजिकी सकेको छ ,अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गर्नु भएको छ, वास्तविकता के हो ?
हो यो सत्य हो । मैले अबको नेतृत्व लिनको लागि उम्मेदवारी घोषणा गरेको हुँ ।
२. तपाइको उम्मेदवारी किन र जित्ने आधार के के छन् ?
मेरो उम्मेद्वारी इलाम जिल्लाको हकमा सबै ब्यवसायीहरूको उन्नति र संमृद्धीका लागि हो । यस्तै मैले गर्ने हरेक काम रचनात्मक ढङग बाट अंकमा गन्न सकिने गरी हुने छ र जित्ने आधार भनेको ब्यवसाय सुदृढीकरणको लागि मेरो योजना प्रष्ट छ ।
३. तपाइले संघको नेतृत्व पाउनुभएमा के कस्ता योजनाहरु छन ?
मैले संघको नेतृत्व पाएमा ३ वर्षको अवधिमा निम्न अनुसारका कार्य योजनाहरु राखेको छु ।
– निर्माण उधोग डिजिटल युगमा प्रवेस गरिसकेको बर्तमान अवस्थामा व्यवसायीहरुलाई तालीमको ब्यबस्था गरी प्रबिधी मैत्री बनाउने योजना छ ।
– नेपाल सरकारको हालको नीति अनुसार २ करोड सम्म कार्य अनुभव नचाहिने साथै जिल्लामा करिब २०० व्यवसायी रहेकोमा ९८५ साना हालको अवस्थामा ९२करोड भन्दा मुनीको काम गर्ने ० व्यवसायीहरुको लागि सकेसम्म सबैको पहुँच पुग्ने गरी सानो र धेरै संख्यामा बोलपत्र आवहान गराउन पहल गर्नेछु ।
– जिल्लाको बिकासको ९८५ काम गर्ने व्यसायीहरु अस्वस्थ प्रतीस्पर्दा सधै भरी काम नहुने लगायतका कारण अफ्नो प्राविधिक राख्न नसकी अत्यन्तै पीडामा परीरहेका छन । त्यसको दिगो निकासका लागि साना व्यवसायीहरुलाई आवस्यक परेको बखत उपकरण सहित निसुल्क प्राविधिकको ब्यवस्था गर्नेछु ।
– प्रत्येक व्यवसायीलाई मलाइ जस्तोसुकै दुखपिडा या अन्यायपर्यो भने मेरो पछाडी निमार्ण संघ छ भनेर ढुक्क भएर काम गर्ने बाताबरण निमार्ण गर्ने छु ।
४. इलाममा संघ र सरकारी निकाय बिचमा नीति नियम र कार्यान्वयनको विषयमा समस्या रहेको भन्ने सुनिन्छ, समन्वयको कमी पुरा गर्न अब आउने अध्यक्षले के गर्नु पर्छ ?
सस्थाले सबल नेतृत्व नपाउदा धेरै ठूला उपलब्धी गुम्छ भन्ने उदाहरण हामी माझ धरै छन । त्यसैले पनि सघसस्थाले ब्यतिmगत स्वार्थ नभएको नेतृत्व पायो भने ठुलो उपलब्धी हासील गर्न सक्छ भन्ने कुरामा म बिस्वस्त छु । अहीलेको अवस्थामा सघ र जिल्लाका सरकारी निकायहरुमा विशेष गरी स्थानिय निकाय सग धेरै कुरामा समन्वयको खाचो देखिन्छ । यस्ता कुराहरुलाई सहजीकरण गर्दै अगाडी बढनु पर्छ भन्ने कुरा स्थापित गर्दै सबै तहमा समन्वय गरी व्यवसायीका समस्या हल गर्न प्रतिबद्ध भएर लाग्ने छु ।
५. संघको चुनाव पक्कै सामान्य त हुदै हुन्न होला त्यस्तै चुनाव हुने भइ सके पछि तपाइको प्रतिद्धन्दी उमेद्वार पनि होला नै आफनो प्रतिद्धन्दिलाई भने तपाइले कतिको प्रभावशाली रुपमा हेर्नु भएको छ ?
मैले आज सम्म संघको निति नियम बिपरित कुनै पनि काम नगरेको र यसै पेसामा गरेर खानु पर्छ भन्ने संकल्पका साथ लागेको हुनाले मेरो बिगतको कार्य सम्पादन हेरेर तथा सबैले आउने कार्यकालको लागि मैले दिएको सङकल्प लाई चिर्न सक्ने अर्को प्रभावशाली उमेदवार हुनहुुन्छ जस्तो लाग्दैन ।
६. तपाई पछि हटने सम्भावना छ कि छैन ?
मेरो उमेद्धवारी व्यवसायी साथिहरुको व्यापक छलफल पश्चात आएको हो र यहाँ बाट पछि हटने कुरा आउदैन ।
७.अन्त्य मा केही भन्नु छ ?
मलाई आफनो अमुल्य मत दिई विजयी गराइदिनु हुन सम्पुर्ण मेरा अग्रज समकालीन व्यवसायी मित्र हरुलाई हार्दीकताका साथ सादर अनुरोध गर्दछु ।