राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित


सेवारो खबर  169 पटक हेरिएको

इलाम:  राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । लिङ्देनले प्रतिस्पर्धी कमल थापालाई हराउँदै निर्वाचित भएका हुँन ।

उनले दुई सय मतले थापालाई पछि पार्दै लिङ्देन विजयी भएको बताइएको छ ।

लिङ्देनले १८ सय १७ मत पाउनु भएको छ भने थापाले १६ सय १७ मत प्राप्त गरेका छन् ।

हाल झापाबाट संघीय सांसद रहेका नेता लिङ्देन प्रहिलो पटक नेतृत्व पङ्तिमा पुगेका हुँन ।

शनिबार हिजो सम्पन्न निर्वाचन मार्फत अध्यक्ष पदको मत गणना सकिएको छ भने अन्य पदाधिकारीको परिणाम सार्वजनिक हुन बाँकी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार