चुलाचुली–२ नम्बर वडाले विपन्न दलित १६ विद्यार्थीलाई साइकल दियो


सेवारो खबर  242 पटक हेरिएको

इलामः चुलाचुली गाउँपालिका २ नम्बर वडाले सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न १६ जना दलित विध्यार्थीलाई साईकल दिएको छ ।

वडाको श्री जनता माध्यमिक विद्यालय बाह्रगोठेका १० जना र मोरङ्गेझोडा स्थित पन्चकन्या आधारभूत विद्यालयमा अध्ययनरत ६ जना गरी जम्मा १६ जना दलित विद्यार्थीलाई साईकल दिइएको हाे ।

विद्यार्थीलाई कोहिनूर कम्पनीको साईकल ८ हजारले खरिद गरी एक लाख २८ हजार बराबरको साइकल वितरण गरिएको जनाइएको छ ।

विद्यार्थीलाई समयमै विद्यालय आएर पठनपाठनमा सहज होस भन्ने उदेश्यले वडाको बजेटबाट साईकल वितरण गरेको वडा अध्यक्ष रनबहादुर लिम्बुले जानकारी गराए ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार