दुई हजार सात सय ९० चिया किसानमा नेपाली चियाको दिगो निर्यात अभिवृद्धि परियोजना सञ्चालन हुँदै


सेवारो खबर  179 पटक हेरिएको

इलामः राष्ट्रिय चिया तथा कफी विकास वोर्डले ‘नेपाली चियाको दिगो निर्यात अभिवृद्धि परियोजना’ सञ्चालन गर्ने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि मन्त्रालयको सहभागितामा २०२३ को अप्रिलसम्म सञ्चालन हुने परियोजनाले किसानको आवश्यकता हेरेर काम गर्ने बोर्डका कार्यकारी निर्देशक डा.विष्णुप्रसाद भट्टराईले बताए ।

किसानलाई प्राविधिक ज्ञान दिन किसानकै बारीमा १७ करोड ८२ लाख लगानी गर्ने परियोजना आउँदो पुस २ गतेदेखि जिल्लाका ११ स्थानमा चियाको कटाइसँगै काम सुरु गरिने भट्टराईको भनाई छ ।

३० जना किसानको समुहमा दुई जना दक्ष प्राविधिक खटाउने र तालिन दिइने योजना बनाएर दुई हजार सात सय ९० किसानका बगानमा काम गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार