रवि, पाँचथरः बाल हेल्पलाईन १०९८ (दशनौआठ) इलाम, मानव अधिकार मञ्च नेपालले पाँचथरको मिक्लाजुङका बालबालिकालाई राहत सहयोग गरेको छ ।
गएको कातिकमा परेको बेमौसमी बर्षाले समस्यामा परेको पाँचथर मिक्लाजुङका १५ घर परिवारका २७ बालबालिकालाई दुई लाख ३९ हजार एक सय बराबरको खाद्यान्न, लत्ताकपडा, शैक्षिक र स्वाथ्य सामग्री सहयोग गरेको बाल हेल्पलाईन १०९८ का कार्यक्रम संयोजक भक्तबहादर थामीले जानकारी गराए ।
राष्ट्रिय बाल अधिकार परिषद काठमाडौं र किन्नरमिसनरेक जर्मनीको सहयोगमा मिक्लाजुङ गाउँपालिकाको वर्षाका कारण मृत्युु, बेपत्ता र विस्थापित परिवारका बालबालिकालाई सहयोग उपलब्ध गराएको हेल्प लाइनका घटना व्यवस्थापन अधिकृत मनकुमार बराइलीले बताए ।
राहत वितरण समारोहमा समस्यामा परेकोलाई राहत सहयोगले दैनिक जीवन यापनमा थप सहयोग मिलेको गाउँपालिका उपाध्यक्ष उर्मिला राइले बताइन् ।
४ नम्बर वडाका अध्यक्ष रामकुमार राइले गाउँपालिकामा परेको विपतको समयमा सहयोगले आफूलाई समेत सहयोग मिलेको बताए ।
राहत वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी समस्यामा परेको बालबालिका बाल हेल्पलाइन प्रमुख भक्तबहादुर थामी, घटना व्यवस्थापन अधिकृत मनकुमार बराइली, डेक्स अफिसर याम माबोहाङ, रन्जु थामी ईश्वर मगर र तारा खातिको उपस्थिती रहेको थियो ।