सूर्योदय नगरपालिका ७ कन्याममा भएकाे सवारी दुर्घटनामा दुईको निधन ८ घाइते


सेवारो खबर  165 पटक हेरिएको

कन्यामः इलामको कन्याममा मारूती भेन दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक सहित आठ जना घाईते भएका छन् ।
भेनमा सवार सबै जना माइजोगमाई गाउँपालिकाको भएको बताइएको छ ।

दुर्घटनामा माईजोगमाई गाउँपालिका ४ का ७६ बर्षीय रामप्रसाद तिम्सिना र सोही गाउँपालकिा वडा नम्बर ३ का ४० बर्षीय भरत घिमिरेको उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।

मंगलबार (आज) दिउँसो कुटिडाँडादेखि फिक्कल तर्फ आउँदै गरेको मे १ प ३३०७ नम्बरको भेन मेची राजमार्गको हर्कटेमा अनियन्त्रित भई करिब १ सय मिटर तल झरेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते हुँनेहरू माईजोगमाई ३ र ४ का रहेका छन् ।

माईजोगमाइ ४ नम्बर वडाका ३५ बर्षका पदम तिम्सिना, ६२ बर्षकी पवित्रा तिम्सिना, ३० बर्षकी निर्मला तिम्सिना, ४ बर्षकी प्रकृति तिम्सिना र भेन चालक सोही वडाको ३६ वर्षका भीम खवास रहेका छन् ।

सोही गाउँपालिका ३ नम्बर वडाकी ३१ बर्षकी यसोदा घिमिरे, ८ बर्षकी भर्सन घिमिरे, १ बर्षीया प्रज्ञा घिमिरे रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक गंगाबहादुर थापाले जानकारी गराए ।

घाइतेहरूको झापा बिर्तामोडमा रहेको विएण्डसी अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सानु पाथिभराको दर्शन गरेर फर्किने क्रममा भेन दुर्घटना परेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार