चुलाचुली साकेला गोल्ड कपको पहिलो चरणको खेल सकियो, पुस २ गतेदेखि सेमिफाइनलका खेल हुदैं


सेवारो खबर  392 पटक हेरिएको

चुलाचुली:  प्रथम चुलाचुली साकेला गोल्ड कप २०७८ को मंगलबार भएको खेलमा दमक फुटबल एकाडेमी विजयी भएको छ ।

खेलको निर्धारित समयमा दुवै टिमबाट समान २ गोल भएपछि खेल ट्राइ ब्रेकरमा धकेलिएको थियो । ट्राईबेकरमा दमकका खेलाडीहरूले सर्वाधिक ४ गोल सहित नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो ।

खेलमा दमक फुटबल क्लव झापाका जर्सी नं. १६ का ओम प्रकाश तामाङ म्यान अफ दि म्याच घोषित भएका थिए।

आजको खेल सम्पन्न भएसँगै पहिलो चरणको खेलहरू सकिएको छ ।

पुस १ गतबाट सेमिफाइनलको खेल हुनेछ । सेमिफाइनलमा आयोजक यायोक्खा टिम विरुद्द चत्य सा फुटबल क्लव, झापा र पुस २ गते उर्लाबारी फुटबल क्लवका विरुद्द दमक फुटबल एकाडेमी विच सेमिफाइनल चरणको खेल हुने आयोजकले जानकारी दिएका छन् ।

किरात समुदायको महान पर्व उधौली तथा चासोक तङ्नामको अवसरमा आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार