सन्तोष खापुङको गीत इलाम आए एउटा कारमा राजेश पायल राई


सेवारो खबर  589 पटक हेरिएको

इलामः नेपाली सांगीतिक जगतमा विगत देखि वर्तमानसम्म सबै प्रकारका दर्शक श्रोताहरूको मन मष्तिस्कमा सदाबहार बसि रहन सफल गायक राजेश पायल राईले भर्खरै ईलामेली कलाकार सन्तोस खापुङद्वारा रचित एवम् संगीतबद्ध गीत आज देखे तिमीलाई एउटा कार माझ बोलको गीत ओएसआर मुभी मार्फत सार्वजनिक भएको छ ।

गीतको भिडियोमा इलामेली कलाकार निर्मल दियाली, सामना खनाल र आर्यमोन दियालीको अभिनय देख्न सकिन्छ । गीत रेकर्डपछि फेसबुक लाईभ गर्ने क्रममा आफुले गाएको गीतहरू मध्ये यो गीतमा पृथक रहेको कुरा राजेश पायल राइले बताएका छन् ।

गीत मार्फत नेपाली संगीत श्रोताहरूले केही नयाँ पन पाउनेमा शब्द तथा संगीतकार सन्तोष खापुङले समेत बताएका छन् ।
विशेष गरी समयको परिवर्तन सँगै सांगीतिक भावनाहरू पनि परिवर्तन हुँदा श्रोता दर्शकहरूलाई नयाँ स्वादको महसुश हुने कुरामा गीत तथा भिडियोका सम्पूणर् टीम विश्वास्त रहेका छन् ।

सम्पूणर् गीतको सुटिङ इलामको बहुचर्चित पर्यटकीय स्थल कन्याम, अन्तु लगायतका स्थानहरूमा छायांकन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार