इलामः माई नगरपालिका १ नम्बर वडामा १३ कुने सीमसार महोत्सव हुँने भएको छ । पर्यटन प्रवद्र्धन गर्न पुस ८ देखि ११ गतेसम्म महोत्सव आयोजना हुने बताइएको छ ।
महोत्सवका अवासरमा भलिबल प्रतियोगिता, बोटिङ्ग, ट्रि हाउस चढ्ने व्यवस्थासँगै, स्थानीय सास्कृतिक झाँकी, राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुती रहने आयोजक समितिले जनाएको छ ।
बीस हजार आन्तरिक पर्यटक भिर्र्याउने योजना रहेको महोत्सवमा २० लाख रुपैयाँ खर्च हुने आयोजक समितिका अध्यक्ष करसिंह राईले जानकारी गराए ।
महोत्सव आयोजकमा माई नगरपालिका १ र ९ वडाबासीको सहभागितामा मुुल आयोजक समिति बनाइएको छ । यसका साथै बरभञ्ज्याङ्ग सामुदायीक वन उपभोक्ता समिति सह-आयोजक रहेको छ ।
महत्सवको सहयोगी संस्थामा माई नगरपालिका, खण्डेचुली सामुदायीक वन उपभोक्ता समिति, उद्योग बाणिज्य संघ इलाम, माई शाखा, दाजुभाई रिसोर्ट, माई नगर खेलकुद विकास समिति, जनजाति महासंघ माई नगर समन्वय समिति, युवा शसक्तिकरण समुह माई नगरपालिका रहेको छन् ।