नेकपामा एकिकृत समाजवादी प्रदेश कमिटी सदस्य सापकोटाको असामयिक निधन


सेवारो खबर  300 पटक हेरिएको

इलाम: नेकपा एकिकृत समाजवादी प्रदेश कमिटी सदस्य ५५ वर्षका शिखरनाथ सापकोटाको शनिबार हृदयघातले असामयिक निधन भएको छ । उनको आज आइतबार विहान साढे दश बजे मात्रै स्थानीय माईखोलाको दुधाङ बेसीमा हादसंस्कार गरिने छ ।

सापकोटाको इलाम नगरपालिका ५ नम्बर वडाको घरैमा हृदयघातले धेटेपछि उपचारको क्रममा इलाम अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

नेकपा एकिकृत समाजवादी पार्टीका जिल्लाको सचिवालय सदस्य स्कुल विभाग प्रमुखको जिम्मेवारी सम्हाली रहेका सापकोटा केही दिन अघि मात्र प्रदेश सदस्यमा मनोनित भएका थिए ।

सापकोटाको निधनले जिल्लाको समग्र कम्युनिष्ट आन्दोलनसँगै पाटीलाई अपुरणीय क्षति भएको समाजवादी पार्टीका जिल्ला अध्यक्ष भक्त केसीले बताए । उनको सामाजिक क्षेत्रको योगदान मानव अधिकारको क्षेत्रको योगदानलाई भूल्न नसकिने बताए ।

अध्यक्ष केसीले आजको अन्तिम दाहसंस्कारमा  पार्टीको झण्डाको ओडाई सम्मान गरिने जानकारी गराए ।

सापकोटाले बहुदलीइ प्रजातन्त्रको आन्दोलनसँगै विद्यार्थी जीवनदेखि नै राजनीतिक यात्रा शुरू गरेर निरन्तर नेपाल कम्युनिष्ट पार्टी एमालेमा आवद्ध भई काम गरेका छन् ।

पछिल्लो समयमा एमालेको औपचारिक विभाजनपछि भने माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकिकृत समाजवादी पार्टीलाई रोज्नु भएको थियो ।

मानव अधिकारकर्मीका रूपमा सापकोटा


सापकोटाले राजनीतिक यात्रासँगै मानव अधिकार मञ्च नेपाल इलामको स्थापनाकाल देखि नै अधिकारकर्मी, विषय विज्ञ र तालिम संयोजकको काम गर्दै आएका थिए ।

सोपकोटा न्यायिक समितिसँग सम्बन्धित मेलमिलाप तथा द्धन्द व्यवस्थापनको विज्ञको रूपमा परिचित छन् ।
सामुदायिक मध्ययस्थता, मेलमिलाप, मानव अधिकार बाल अधिकार महिला अधिकार हुँदै गुणस्तरीय न्याय सेवा सुनिश्चितताका लागि स्थानीय सरकार सहयोग परियोजनाको कार्यक्रम संयोजक थिए । संस्थाको कुसल सहजकर्ता, मिलनसार सहयोगी एक धरोहरको निधनले संस्थालाई अपुरणिय क्षति भएको मानव अधिकार मञ्चका अध्यक्ष मोहनसिंह थेबेले हस्ताक्षर गरेको शोक वक्तव्यमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार