सयपत्री विद्या मन्दिर बाेर्डिङको शिविरमा एक सय १० ले गरे दाँतको परीक्षण


सेवारो खबर  366 पटक हेरिएको

देउमाई:  देउमाई नगरपालिका ९ नम्बर वडामा भएको निशुल्क दन्त शिविरमा एक सय १० जनाले सेवा लिएका छन् ।

सयपत्री विद्या मन्दिर बोर्डिङ स्कुलको आयोजनामा भएको शिविरमा १४ वर्ष उमेर समूहको ७४ जना विद्यार्थी र अन्य ३६ जनाले दाँतको परीक्षण गरेको बताइएको छ ।

मानव डेन्टलको सह आयोजना तथा प्राविधिक सहयोगमा दांतको रोग सम्बन्धी जनचेतना फैलाउँन शिविर सञ्चालन गरिएको विद्यालयका निर्देशक बुद्ध राईले जानकारी गराए ।

निर्देशक राईले एक दिने शिविर सफल भएको र सोचे भन्दा बढी दाँतका रोगीको रोगको परीक्षण भएको बताए । उनले परीक्षणमा आएका सेवाग्राही संतुष्ट भएको पाएको जानकारी गराए ।

२१ हजार तीन सय खर्च भएको शिविरमा दाँत सम्बन्धि चिकित्सक गणेश राई, अरुन कुमार सहनी, मङ्गलबारे शाखाको म्यानेजिङ डाइरेक्टर चन्द्र पोख्रेल, नयन राई, स्वास्थ्य सहयोगी मनिशा लिम्बू र प्रशशा मुखिया लगायतले प्रविधिक सहयोग पुर्‍याएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार