वर्षासँगै हिमपात हुँदा इलामको उच्च पहाडी जनजीवन समस्यामा


सेवारो खबर  321 पटक हेरिएको

इलाम:  वर्षासँगै इलामको पहाडी क्षेत्रमा हिमपात भएको छ । हिमपात हुँदा चिसोले जनजीवन समस्यामा परेको छ ।

शनिबार बेलुकीदेखि हिमपात हुँदा सर्वसाधारणको दैनिकीमा असर परेको स्थानीयले बताएका छन् ।

हिउँ परेको क्षेत्रमा गाईबस्तुलाई घाँस खुवाउन र बाहिरको काम गर्न समस्या भएको सन्दकपूर २ का समुन राईले जानकारी गराए ।
सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी र कालपोखरी र गैरीबास इलाम नगरपालिकाको पाटेनागीलगायत स्थानमा वर्षासहित हिमपात भएको बताइएको छ ।

पर्यटकीयस्थल बिखेभञ्ज्याङ्ग, कालपोखरी, छिन्टापू, टप्पु, माबुथाम, दोबाटे, गैरिबास, गोरूवाले क्षेत्रमा पनि बाक्लो हिमपात भएको सन्दकपूर गाउँपालिका अध्यक्ष उदय राईले बताए ।

हिउँ परेपछि हिउँमा खेल्न पर्यटकहरुको आकर्षण बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार