फेरि शुरू भयो प्रहरीको तपाईको मास्क खोई ? अभियान


सेवारो खबर  400 पटक हेरिएको

इलाम:  जिल्ला प्रहरीले फेरि तपाईको माक्स खोई अभियान थालेको छ । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिम न्यूनिकरण गर्न अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।

कोभिड-१९ को पहिलो र दोस्रो लहर नियन्त्रणसंगै पुनः क्रमिक रूपमा फैलिरहेले समयमा नै संक्रमणबाट बच्न, नियन्त्रण, रोकथाम गर्न जिल्ला प्रहरी कार्यालयले स्वास्थ्य सुरक्षाका मापडण्ड सम्बन्धी सचेतना जगाउने, मास्क नलगाउने पैदल यात्रु, सवारी साधनका चालक, सहचालक, यात्रु तथा सर्वधारणलाई मास्क समेत बितरण गरेको छ ।

अभियानमा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाको कमाणडमा खटिएको टोलीले इलाम चोक बजार, जिरो, धोबिधारा, बिप्ल्याटे बजार, गोलाखर्क लगायतको क्षेत्रमा स्थानीय मानिसहरूलाई सचेत गराउँदै मास्क समेत बिरतण गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार