२० वर्षपछि पशुपतिनगरकी रोजिना राई हत्या आरोपी पक्राउ


सेवारो खबर  130 पटक हेरिएको

इलाम: सूर्योदय नगरपालिका वडा नम्बर ३, जील बस्ने ४१ वर्षका गोरे भनिने राजकुमार राईलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेका छ ।

जिल्ला प्रहरी कार्यालले पुराना मुद्दाको अनुसन्धानको क्रममा बीस वर्ष अघि २१ वर्षको हुँदा राईले माइत आएकी १८ वर्षकी रोजिना राईलाई हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।

राईले विक्रम सम्बत २०५८ माघ ६ गते सूर्योदय नगरपालिका-७, साविक कन्याम- ७ मा विवाह भएकी १८ वर्षकी रोजिनालाई हत्या गरेको आरोपमा भएको पुस १६ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले बुधबार पत्रकार भेटघाट कार्यक्रम गरी सार्वजनिक गरेको हो ।

हत्या गरिएकी रोजिनाको माइत आएको मौकामा जिलको तामाङ टोलको बाँसघारीमा मृतकले नै बोकेको खुर्पाले घाँटी रेटी गोलस्टार जुत्ताको लेसले बाँधेर हत्या गरेको प्रहरीले जानकारी गराएको छ ।

सशस्त्र द्वन्दको चरम समयमा भएको घटनापछि हत्यामा संलग्नको पहिचान हुन नसकेकोले लामो समयसम्म आरोपी पक्राउ पर्न नसकेको बताइएको छ ।

पुराना मुद्दासँग सम्बन्धित फरार आरोपीको अनुसन्धानसँगै इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रयासमा खोजतलास गर्ने क्रममा बीस वर्ष अघि भएको घटनाको आरोपीलाई पक्राउ गर्नु अनुसन्धानमा ठूलो उपलब्धी भएको प्रहरी कार्यालयका एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी गराए ।हरुको उल्लेख्य सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार