खेलकुद क्षेत्रमा कलम चलाउँने तीन सञ्चारकर्मी पुरस्कृत


सेवारो खबर  411 पटक हेरिएको

इलामः जिल्ला फूटबल संघ इलामले खेलकुद क्षेत्रमा कलम चलाउँने तीन सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ ।

संघले गणेश घिमिरे, नमिन ढकाल र बिनय तिम्सिनालाई सम्मान सहित जनही २१ सय रुपैंयाँका दरले पुरस्कृत गरेको हो ।

संघले शुक्रबार सम्पन्न एन्फा जिल्ला लिगको फाइनल खेलको समापन कार्यक्रमको अवसर पारेर सम्मान सहित पुरस्कार बितरण   गरेको हो ।

सञ्चारकर्मी घिमिरे नेपालबाणी एफएमका समाचार प्रमुखका साथै इलाम एक्सप्रेस दैनिकमा आबद्ध र नेपाल समाचार पत्र दैनिकका संबाददाता हुन ।

पुरस्कृत ढकाल लोकल सदेश अनलाईनका सहसम्पादक तथा थाहा खबर अनलाइनका संवाददाता छन् ।

पुरस्कृत तिम्सिना न्यूज टवान्टी फोरमा इलाम संवाददाता हुन ।

पुरस्कृत तीनै जनालाई इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, अखिल नेपाल फूटबल संघ (एन्फा) का केन्द्रिय सदस्य निरोज खड्गी र जिल्ला फूटबल संघ इलामका अध्यक्ष महेश श्रेष्ठले नगद पुरस्कार र सम्मान पत्र प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार