९ बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघको चौथो पूर्ण बैठक सम्पन्न


सेवारो खबर  202 पटक हेरिएको

काठमाण्डौः नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको चौथो पूणर् बैठकले ९ बुँदे घोषणापत्र जारी गरेको छ । कपिलबस्तुको तिलौराकोटमा अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा पुस ३० गते बसेको बैठकले पत्रकार हकहित र प्रेस स्वतन्त्रताको विषय लगायत समेटिएको घोषणापत्र जारी गरेको हो ।

प्रेस स्वतन्त्रता हनन् तथा पेशागत असुरक्षाका घटनाक्रमहरु बढीरहेको भन्दै यसप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको घोषणा पत्रमा उल्लेख छ । साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबारे विभिन्न प्रदेशमा बनेका र बन्दै गरेका विभिन्न कानूनहरु प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित प्रदेश सरकारहरुसँग आग्रह पनि गरिएको छ ।

यस्तै राजनीतिक गतिरोधका कारण आमसञ्चार नीति २०७३ लाई कार्यान्वयन गर्नका लागि आवश्यक कानून निर्माण हुन नसकेको भन्दै न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि महासंघले घोषणापत्र मार्फत सरकार र राजनीतिक दलको ध्यानाकर्षण गराएको छ ।

श्रमजीवी पत्रकारको तलब सेवा सुविधा तथा पत्रकारका समस्या समाधानमा अग्रसर हुन मिडिया सञ्चालक तथा सरकारी निकायका प्रतिनिधिसँग आग्रह गरेको छ । यस्तै पत्रकार स्वयंले सञ्चालन गरेका साना लगानीका तथा स्वरोजगारमुखी मिडियाहरुको हित, उन्नति र संरक्षणका लागि संरक्षण नीति अवलम्वन गर्न पनि सरकारलाई आग्रह गरिएको छ ।

शाक्यमुनी बुद्धको राजधानी प्राचीन कपिलबस्तु (तिलौराकोट)लाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न र लुम्बिनी क्षेत्रको वृहत्तर गुरुयोजनामा लुम्बिनी प्रदेशका पुरातात्विक तथा पर्यटकीय स्थललाई समावेश गर्नु पर्ने लगायतका माग पनि घोषणापत्रमा उल्लेख छन् ।

यस्तै बैठकले पछिल्लो समय सार्वजनिक भएका मिडिया अवार्डलगायतका विषयहरुमा गम्भीरतापूर्वक समीक्षा गर्दै विवादित विषयहरुबाट महासंघलाई जोगाएर अगाडि बढ्ने संकल्प गरेको महासंघले जनाएको छ ।@www.ujyaaloonline.comबाट ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार