आउँदो ०८९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन, आजदेखि मतदाता नामावली संकलन कार्य बन्द गरिने


सेवारो खबर  312 पटक हेरिएको

काठमाण्डौः स्थानीय तहको चुनावको मिति तोकिएसँगै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्ने भएको छ । मंगलबार आजदेखि नामावली सङ्कलन कार्य बन्द गरिने आयोगले जनाएको छ ।

निर्वाचन ऐनको दफा ४ को उपदफा २ अनुसार चुनावको मिति घोषणा भइसकेपछि चुनावको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न पाइँदैन ।

आयोगले चुनावलाई लक्षित गरी गएको मंसिर १७ गतेदेखि १९ गतेसम्म गाउँपालिका र नगरपालिकास्तरमै नामावली सङ्कलन गरेको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज नै ७७ वटै जिल्ला निर्वाचन कार्यालयलाई हिजोसम्म सङ्कलित मतदाता विवरण तीन दिनभित्र केन्द्रमा पठाउन निर्देशन दिइएको बताए ।

मन्त्रिपरिषद्को हिजोको बैठकले स्थानीय तहको चुनाव २०७९ साल वैशाख ३० गते गर्ने निणर्य गरेको छ ।@www.ujyaaloonline.comबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार