भ्रष्टचारीलाई मोसो दल्ने लगायतको विभिन्न निर्णय गर्दै, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको १३ औं पूर्ण बैठक सम्पन्न


सेवारो खबर  185 पटक हेरिएको

इलाम: नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भ्रष्टचारीहरुलाई मोसो दल्ने निणर्य गरेको छ ।

मंगलबार (आज) इलाममा सम्पन्न १३ औं पूणर् बैठकले भ्रष्टाचार गर्ने सरकारी गैरसरकारी निकायका कर्मचारी र जनप्रतिनिधिको प्रमाण संकलन गरेर प्रमाण सहित मोसो दल्ने निणर्य गरको बताइएको छ ।

बैठकले प्रत्येक पालिकामा सहिदहरूको नाम उल्लेख हुनेगरी स्तम्भ निर्माण गर्ने, सबै पालिकामा उत्पादनको काम अनिवार्य गर्ने, एमसिसी बिरुद्ध सशक्त संघर्ष संचालन गर्ने, जातिय भेदभाव र छुवाछुत गर्नेलाई कारबाही गर्ने निणर्य गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा जिल्लाका इन्चार्ज सुमनसिंहको उपस्थितिमा भएको बैठकमा सिंहले सहभागी जिल्ला सदस्यहरुको रिपोर्ट र जिज्ञासाको जवाफ दिएका थिए । बैठकको अध्यक्षता र संचालन पार्टीका जिल्ला सचिब मौसमले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार