बिक्री ठप्प हुँदा, बारीमै सुक्न थाल्यो किसानका अदुवा


इन्द्र नेपाली  299 पटक हेरिएको

तेह्रथुम: किसानले लगाएको अदुवा बारीमै सुक्न थालेको छ । नगदेबालीको रूपमा चिनिएको अदुवा बारीमै सुुक्न थालेपछि तेह्रथुमका किसान निरास हुन थालेका छन् ।

आम्दानीको स्रोतमा नगदेबाली बिक्न छाडेपछि किसानको चुलो समेत बल्न धाउँधाउँ परेको छ । थोरै जमिनमा पनि राम्रै आम्दानी लिन पाइने आशमा खेतियोग्य जमिनमा अदुवा रोपेका किसानलाई खाध्यन्नको अभाव हुन थालेको स्थानीयवासीको भनाई छ ।

राजनीतिक अस्थितरता कोभिड महामारीले मुल्यमा गिरावट आएकाले निकासी ठप्प भएपछि बाहिरी व्यापारी किसानको बारीमा आउँन छाडेपछि चलानी अदुवा बारीमै सुक्न थालेको फेदाप-३ जलजलेका किसान कमलप्रसाद भण्डारी बताउँछन् ।

विर्तामोडबाट भारततर्फ निकासी हुने अदुवा विगत साल देखी निकासी हुन छाडेपछि अदुवा किसान थप समस्यामा परेका छन । गाउँगाउँमा उत्पादित अदुवा निकासी ठप्प भएपछि जिल्लाका किसानको अदुवा बारिमै सुकेको स्थानीय व्यपारीको भनाई छ ।

अदुवा बिक्री नहुँदा किसानले बारीको अदुवा खनेका छैनन् । अर्को वर्षको बाली समेत लगाउन नपाएको किसानको दुखेसो छ ।
अदुवाको बजार मुल्य राम्रै पाउन थालेपछि चर्को व्याजमा ऋण काडेर अदुवा व्यावसायमा लागेका किसान लगानी डुब्ने चिन्ता थपिएको छ ।
स्थानीय सरकारले कृषि उत्पानको पकेट क्षेत्रको विकास गर्छन् । उत्पादन भएको फसलको बजारीकरणमा ध्यान नदिँदा समस्या थपिएको अगुवा किसानको तर्क छ ।

दुई वर्ष अघि प्रतिकेजी ७५ देखी ८० रुपयाँमा बिक्री भएको थियो । जिल्लाका किसानले एक रोपनी देखि प्रति परिवार ु३० रोपनी सम्म अदवा खेति लगाएका छन ।

जिल्लामा उत्पादित अदुवालाई प्रशोधन गरी बजारसम्म पुर्‍याउने प्रशोधन केन्द्र बन्न सकेका छैन ।

जिल्लामा २ सय ७० हेक्टरमा जमिनमा अदुवा खेती हुँदै आएको कृषि ज्ञानकेन्द्र धनकुटाका कृषि प्राविधिक विशाल राईले जानकारी दिएका छन । केन्द्रका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ४ हजार ५० मेट्रिक टन अदुवा उत्पादन भएको थियो । यस वर्ष भने ३९ सय ४२ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार