किरात धर्मगुरू लिङ्देनलाई नेपाली कांग्रेसले गर्‍यो अभिनन्दन


सेवारो खबर  431 पटक हेरिएको

माङ्सेबुङ: किरात धर्मगुरु आत्मानन्द लिङदेन र गुरूआमा साँवा पवित्रहाङमा लिङदेनलाई नेपाली कांग्रेसले अभिनन्दन गरेको छ ।
धर्मगुरूको ६८ औं नुमाङगेन्ना तथा धर्मगुरूआमाको ६६ औं जन्मोत्सवको अवसरमा कांग्रेसले अभिनन्दन गरेको हो ।

काग्रेस जिल्ला सभापति डम्बर खड्का नेतृत्वको टोलीले मंगलबार माङसेबुङ गाउँपालिका ५ स्थित लारूम्बामा पुगेर अभिनन्दन गरको जनाइएको छ ।

सभापति खड्काले ‘नेपाली कांग्रेस’ लेखिएको ‘सुन र चाँदी’ द्वारा निर्मित ब्याज धर्मगुरु र गुरूआमालाई लगाईदिएर सम्मान गरेका थिए ।
विश्व शान्ति, मानव एकता, मानवप्राणी एवम् सृष्टि जगतकै रक्षाको लागि महान् अभियानमा संचालन गरी मानवमा उच्च चेतना जगाई समाज रूपान्तरणको कार्यमा किरात धर्म, संस्कृति, भाषा, लिपी र साहित्यको प्रचार प्रसारमा पुर्‍याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको खड्काले बताए ।

खड्काले माङसेबुङ क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नका लागि आफ्नो र पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

माङसेबुङ गाउँपालिका २ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा १८ मंसिर २०११ जन्मिएका धर्मगुरु लिङदेनले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूणर्ता दिने भन्दै धार्मिक, साँस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहेका छन् ।

उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरुले मान्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार