स्वाथ्य बीमा बोर्डले चैत २५ गतेदेखि मोबाइल एप्लिकेसन ल्याउँदै


सेवारो खबर  158 पटक हेरिएको

काठमाण्डौँ : स्वास्थ्य बीमा गरेका नागरिकले अस्पतालमा उपचार गराउँदा कति खर्च भयो भन्ने जानकारी अब मोबाईलबाट पाउने भएका छन् ।

स्वास्थ्य बीमा बोर्डले मोबाईल एप्लिकेसनको माध्यमबाट बिमितले आफ्नो खर्चको बारेमा जानकारी पाउने छन् ।

बोर्डले आफ्नो छैटौँ बार्षिकोत्सवको अवसरमा आगामी २५ चैत गतेदेखि मोबाईल एप्लिकेशन प्रयोगमा ल्याउँने जनाएको छ ।

‘अब बिरामीले अस्पतालमा उपचार गरेर बाहिर निस्कँदा आफ्नो मोवाइलमा कति पैसा उपचारमा खर्च भएछ भनेर हेर्न सक्छ । अर्थात अस्पतालले उपचार गरेवापत बीमा बोर्डसंग कति पैसा दावी गरेछ भन्ने जानकारी पाउँछ । यसले जनतालाई पनि सहज हुने र दावी रकममा पनि पारदर्शिता कायम हुने विश्वास छ,’ बोर्डका सूचना अधिकारी सोभियत रिजालले भने ।

उनले एप्लिकेसनमा के के उपचार भयो ? त्यसमा कति खर्च भयो ? अब कति रकम बाँकी छ भन्नेबारेका सबै विवरण सहज ढंगले थाहा हुने बताए । यस्तै नविकरण गर्ने बेलामा सूचना आउने, बोर्डका अन्य सूचना र योजनाहरु सहज ढंगले प्राप्त हुने जनाइएको छ ।

विसं २०७२ चैत २५ देखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ७७ वटै जिल्लामा सुरु भएको छ । अहिले प्रति परिवार (पाँच जना) ले बार्षिक ३ हजार पाँच सय रुपैयाँ रकम तिरेर एक लाख रुपैयाँसम्मको उपचार सेवा लिन सकिन्छ ।@nepalihealth.com बाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार