इलाम: नेपाल बाल संगठन जिल्ला समन्वय समिती इलाम र मानव अधिकार मन्च नेपाल इलामको आयोजनामा अन्तर विद्यालय चित्रकला र हस्तलेखन प्रतियोगिता इलाममा आज सप्पन्न भएको छ ।
प्रतियोगितामा चित्रकलातर्फ जुबिल्यान्ट एकेडेमी का अस्विन लिम्बु प्रथम, गोल्डेन फ्युचरका डेबिट खत्री दोस्रो र माउन्टमेची का निर्मल गुरुङ तेस्रो भएका हुन ।
हस्तलेखन प्रतियोगिता तर्फ जुबिल्यान्ड एकेडेमिका झरना मगर प्रथम, बरबोटे अंग्रेज़ी बोर्डिङका जुनु प्रसाई दोस्रो र भगवती माध्यमिक विद्यालयकी पुजा कार्की तेस्रो भएका छन ।
दुवै प्रतियोगितामा पहिलो हुँनेले पुरस्कार ७ हजार नगद ट्रफी र प्रमाणपत्र दोस्रो पुरस्कार ५ हजार ट्रफी र प्रमाणपत्र यस्तै गरि तेस्रो पुरस्कर ३ हजार नगद ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको प्रमुख अथिती इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले सहभागी हुने बालबालिकालाई बधाई तथा शुभकामना दिँदै नगरपालिकाले बालबालिका सम्बन्धि नेपाल सरकारले तोकेका ऐन कानुन कार्यनयन गर्नका निम्ति नियमावली बनाएको जानकारी गराउँदै सबै वडामा बालबालिकाका हित र सुरक्षा बजेटको ब्यवस्था गरेको बताए ।
कार्यक्रमको अध्यक्षता बाल संगठन इलामका कार्यवाहक अध्यक्ष भक्त थामीले बालबालिकालाई हौसला प्रदान गर्दै उनिहरुको क्षमतालाई बाहिर ल्याउनका निमित्त यो कार्यक्रम सञ्चालन गरेको जानकारी गराए ।
नगरपालिकाको २६ विधालयका बालबालिका सहभागी प्रतियोगिता बाल संगठन इलामका कार्यवाहक अध्यक्ष भक्त थामीको अध्यक्षतामा सम्पन्न भएको थियो ।