सत्तारुढ गठबन्धनको अपिल: स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्नुहोस्


सेवारो खबर  182 पटक हेरिएको

काठमाडौंः सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् ।

तालमेलको मोडालिटीबारे टुंगो लगाउन नसकिसकेका बेला सोमबार बसेको शीर्ष नेताहरुको बैठकले तालमेल गरेर अघि बढ्ने घोषणा गरेका छन् ।

उनीहरूले भनेका छन्, ‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनानवमा आपसी सहकार्य र परस्पर सहयोगी भावनाले अगाडि बढ्न पाँच दलका साथीहरूलाई आहृवान गर्दर्छौं ।’

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जसपाका वरिष्ठ नेता अशोककुमार राई र राजमो उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त अपिल जारी गरेका छन् ।@www.onlinekhabar.comबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार