इलाम: माइजोगमाई गाउँपालिकामा उद्यमशिलता तथा व्यवसायिक योजना सम्बन्धीको सात दिने तालिम सम्पन्न भएको छ ।
मानव अधिकार मञ्च नेपाल इलामको आयोजना माइजोगमाई गाउँपालिकाको समन्वयमा तालिम सम्पन्न भएको हो ।
सामाजिक रुपान्तरणका लागि युवा अभियान परियोजना अन्तर्गत युवाहरुको क्षमता विकास र परिचालन मार्फत मानव वेचविखन विरूद्वको अभियान समेत सञ्चालन गरिएको परियोजना संयोजक सन्तोष मगरले जानकारी दिए ।
एडब्लुओ इन्टरनेशनल र बिएमजेडको आर्थिक सहयोग र मानवअधिकार मञ्च नेपाल इलामको सहकार्यमा स्थानीय युवाहरुलाई सीप सिकाएर स्वरोजगार तथा व्यवसायिक बनाउने उद्देश्यले तालिम दिइएको परियोजना संयोजक मगर बताउँछन् ।
आर्थिक सामाजिक रूपले पछि परेका समुदाय, विपन्न, लक्षित वर्ग व्यवसाय गर्न उत्सुक युवाहरुलाई तालिममा सहभागी गराइएको परियोजनाका फिल्ड अधिकृत सुरेश पोर्तेलले बताए ।
तालिम दुई चरणमा सम्पन्न तालिममा माइजोगमाई – १, ३ र ४ मा गएको फागुन २० देखि २६ सम्म र वडा नम्बर २, ५ र ६ मा २७ फागुन देखि चैत्र ३ सम्म तालिम दिइएको बताइएको छ । १ नम्बर वडामा २४ जना, २ मा ३५, ३ मा २९, ४ मा १८, ५ मा २२ र ६ नम्बर वडामा २५ जनाको सहभागिता रहेको बताइएको छ ।
तालिममा सहभागीले व्यवसायिक बाख्रा पालन, गाई भंैसीपालन, मौरी पालन, कुखुरा पालन, च्याउ खेती, बेमौसमी तरकारी खेती, फर्निचर, पार्लर र डल सम्बन्धी व्यवसायिक योजना बनाएको परियोजनाका फिल्ड अफिसर अस्मिता मगरले बताइन् । उद्यमशिलता तथा व्यवसायिक योजना निर्माणमा सहभागीहुने युवाहरुलाई सात दिने व्यवसायिक सीपको तालिम केही समय पछि दिने तयारी भइरहेको बताइएको छ ।
तालिम समापनका अवसरमा बोल्दै वडा नम्बर ६ का वडा अध्यक्ष भवानीप्रसाद लिङ्गदमले तालिममा लिएको ज्ञान र सीपलाई व्यवहारमा लागु गरेर अघि बढ्न सहभागीलाई आग्रह गर्दै वडा कार्यालयबाट गर्न सक्ने सबै सहयोग गर्न तत्पर रहेको बताए ।
वडा नम्बर-४ का अध्यक्ष गणेशकुमार राईले तालिमको अनुगमन गर्दै सीपलाई निरन्तरता दिदै व्यवहारमा रूपान्तरण गरेमा गाउँपालिकाको आर्थिक समृद्विको लक्ष्य पुरा गर्न सहयोग पुग्ने बताए । यस्तै वडा – १ का यामकुमार कार्की, वडा नम्बर-२ का डम्बरबहादुर सुवेदी, वडा- ३ का यामप्रसाद लामा, वडा- ५ का दाताराम संजेल लगायतले तालिमको अनुगमन गरी सुझाव सल्लाह दिएका थिए ।
परियोजनाका सन्तोष मगर, विनोद निरौला, निरुता थापा र रन्जु थामी, अस्मिता मगर, कमलप्रसाद ढकाल, सुरेश पार्तेल र निरेन्द्र थापा मगरले तालिमको सहजीकरण गरेका थिए । तालिममा एक सय ५३ जना युवाहरुले व्यवसायिक योजना बनाउने सीप सिकेको जनाइएको छ ।
गाउँपालिकाको विभिन्न ७ स्थानमा व्यवसायिक सीपको तालिम सम्पन्न भएको छ । मानव अधिकार मञ्च नेपाल इलामको आयोजना माइजोगमाई गाउँपालिकाको समन्वयमा तालिम सम्पन्न बताइएको छ
सामाजिक रुपान्तरणका लागि युवा जीविकोपार्जनका लागि सुरक्षित आप्रवासन र स्व-उद्यमशिलता सम्बन्धी युवा सशक्तिकरण समुहहरुको क्षमता विकास र परिचालन मार्फत मानव वेचविखन विरूद्वको अभियान परियोजना अन्तर्गत तालिम भएको हो ।
एडब्लुओ इन्टरनेशनल र बिएमजेडको आर्थिक सहयोग र मानवअधिकार मञ्च नेपाल इलामको सहकार्यमा स्थानीय युवाहरुलाई सीप सिकाएर स्वरोजगार तथा व्यवसायिक बनाउने उद्देश्यले तालिम दिइएको परियोजना संयोजक सन्तोष मगरले बताए ।
आर्थिक सामाजिक रूपले पछि परेका समुदाय, विपन्न, लक्षित वर्ग व्यवसाय गर्न उत्सुक युवाहरुलाई तालिममा सहभागी गराएर उद्यमशिलता र व्यवसायिक सीप सम्बन्धीको तालिम दिएको मगरले बताएका छन् ।
माइजोगमाईको विभिन्न स्थानमा भएको तालिममा वडा नम्बर १ को ४ छुट्टाछुटै स्थानमा गरी सुँगुर पालन, बाख्रन पालन, गाई पालन र बेमौसमी तरकारी खेती सम्बन्धी, वडा नम्बर ३ को २ स्थानमा गाई पालन र बाख्रा पालन र वडा नम्बर ६ मा मौरी पालन सम्बन्धीको तालिम भएको हो । बाख्रा पालनमा ३६, गाई पालनमा ४२, सँगुर पालनमा १० , बेमौसमी तरकारी खेतीमा ९ र मौरी पालनमा ९ जना गरी जम्मा १०५ युवाहरुले व्यवसायिक सीपको तालिम लिएको परियोजनाका फिल्ड अद्यिकृत अस्मिता मगरले बताइन् ।
तालिमको सहजिकरण रत्न कुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्युटका सहजकर्ताहरुले गरेका हुन् । गाई पालनमा साधना घिमिरे, सर्दुल कार्की र रुकेश घिमिरे, बाख्रा पालनमा श्याम दाहाल र बेनुप चौहान, सुँगुर पालनमा मोहक कोइराला, मौरी पालनमा मुना बस्याल र बेमौसमी तरकारी खेतीमा रेजिना अधिकारीले सहजिकरण गरेका हुन् ।
समापन कार्यक्रमा बोल्दै सहभागीले तालिम धेरै नै प्रभावकारी भएको, धेरै कुराको जानकारी भएको र अब आफ्नै ठाउँमा व्यवसाय गर्न तत्पर रहेको बताए । यस्तै वडा नम्बर १ का वडा अध्यक्ष याम बहादुर कार्कीले यो महत्वपूणर् तालिमलाई तालिममा मात्र सीमित नराखेर आफ्नो जीवनमा लागु गरेर आफ्नै गाँउ ठाउँमा व्यवसायिक बन्न समेत सहभागीहरुलाई आग्रह गरे, र आफूले गर्न सक्ने सहयोग गर्न सधैँ तत्पर रहेको प्रतिबद्धता समेत व्यक्त गरे ।
माईजोगमाई गाउँपालिका अध्यक्ष जित ब. राई उपाध्यक्ष सावित्रा भट्टराई प्रमुख प्रशासकीय अद्यिकृत गोकुल संजेलको समेत उपस्थिति रहेको थियो ।
तालिमका सहभागीहरुलाई व्यवसाय गर्नको लागि प्रोत्साहन मिलोस् भन्ने उद्धेश्यले कुन व्यवसाय गर्न लागेको हो त्यही अनुरुपको सामग्री सहयोग समेत केही समय पछी उपलब्ध गराईने बताइएको छ ।